back

जिशिअको कडाइपछि शिक्षकको राजीनामा

वि.सं.२०७३ मंसिर २१ मंगलवार

570 

shares
NTC AD

२१ मङ्सिर, खोटाङ  । जिल्ला शिक्षा कार्यालय खोटाङले शिक्षालाई राजनीतिरहित बनाउने अभियान थालेपछि जिल्लामा राजनीति गर्ने शिक्षकको राजीनामा आउन थालेका छन् ।

कतिपय शिक्षकले विद्यालयलाई भन्दा राजनीतिक गतिविधिलाई प्राथमिकता दिँदा शिक्षाको गुणस्तर खस्किएको निष्कर्षसहित जिल्ला शिक्षा कार्यालयले शिक्षकलाई राजनीतिबाट टाढा राख्ने सर्वदलीय निर्णय गराएपछि राजनीतिमा लागेका शिक्षकको राजीनामा आउन थालेको हो ।

काँग्रेसका जिल्ला सदस्यका रुपमा रहेका राष्ट्रिय प्रजातन्त्र आधारभूत विद्यालय ऐँसेलुखर्क–८ दिम्मापातेलका शिक्षक जीवनाथ दाहालले शिक्षण पेसाबाट राजीनामा दिएका छन् । उनको राजीनामा पुस १ गतेबाट लागू हुनेगरी शिक्षा कार्यालयले स्वीकृत गरेको छ । शिक्षक र राजनीतिक नेतृत्वको दोहोरो भूमिकामा नदेखिनका लागि आफूले राजीनामा दिएको शिक्षक दाहालले बताउनुभयो । उहाँ २८ वर्षदेखि शिक्षण पेसामा आबद्ध हुनुहुन्थ्यो ।

जिल्ला शिक्षा कार्यालयले कात्तिक ३० गतेको सर्वदलीय बैठकबाट शिक्षकलाई राजनीतिबाट टाढा राख्नका लागि जिल्लास्थित सबै दलका नेतालाई प्रतिबद्धता गराएका थिए । यस बिषयमा सबै दलको समर्थन पाउनुभएका जिशिअ ज्ञानमणि नेपाल अहिले यसलाई अभियानका रुपमा अगाडी बढाएको छ । अहिलेसम्म प्रत्यक्ष रुपमा राजनीतिमा लागेका एक दर्जन बढी शिक्षकलाई सचेत गराइएको जिशिअ नेपालले बताउनुभयो ।

अभियानकै क्रममा विद्यार्थी सङ्ख्या बढी देखाएर सेवासुविधा लिने निर्मलीडाँडास्थित पेलुङ प्राविका शिक्षक कृष्णबहादुर केसीलेसमेत राजीनामा दिइसक्नुभएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । रासस

वि.सं.२०७३ मंसिर २१ मंगलवार १३:१२ मा प्रकाशित

ADBL AD
चितवनमा ३८६ जनामा स्क्रब टाइफस

चितवनमा ३८६ जनामा स्क्रब टाइफस

चितवन । यहाँ विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन...

केराखेतीबाट वार्षिक दुई करोडभन्दा बढी आम्दानी गर्दै कृषक

केराखेतीबाट वार्षिक दुई करोडभन्दा बढी आम्दानी गर्दै कृषक

गलेश्वर (म्याग्दी) । पूर्वउत्तर मोहोडा गरेको भिरालो जमिन । शिरानमा...

पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल

पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल

पर्वत । साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै जिल्लामा बडादसैँ पछि आन्तरिक...

निःशुल्क आँखा परीक्षण

निःशुल्क आँखा परीक्षण

इनरुवा (सुनसरी) । सुनसरी इटहरी उपमहानगरपालिकास्थित नवदृष्टि आँखा अस्पतालले एक...

सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्दै

सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्दै

कैलाली (टीकापुर) । विगतमा शिरदेखि पाउसम्म सुन चादीका गहना लगाउन...

मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्रा बिक्री

मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्रा बिक्री

म्याग्दी । यस वर्षको दसैँमा मुस्ताङमा रु १६ करोड बराबरको...