back
CTIZAN AD

माओवादी केन्द्रले तोक्यो प्रदेश संयोजक, महाधिवेशन आयोजक समिति ३९९९

वि.सं.२०७३ मंसिर २१ मंगलवार

1K 

shares

paris-danda
२१ मंसिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पोलिटब्युरो बैठक ३ महिने कार्ययोजना सहित ७ प्रदेशका लागि संयोजकहरु तोकेको छ ।

प्रवक्ता पम्फा भुसालका अनुसार मंगलबार बसेको पोलिटब्युरो बैठकले एक नम्बर प्रदेशको संयोजकमा गोपाल किराती, दुई नम्बर प्रदेश संयोजकमा मातृका यादव, तीन नम्बर प्रदेश संयोजकमा हितमान शाक्य, चार नम्बर प्रदेश संयोजकमा देव गुरुङ, ५ नम्बर प्रदेश संयोजकमा वर्षमान पुन ‘अनन्त’, ६ नम्बर प्रदेश संयोजकमा शक्तिबहादुर बस्नेत र ७ नम्बर प्रदेश संयोजकमा लेखराज भट्ट तोकिएका छन् ।
त्यसैगरी बैठकले अन्तराष्ट्रिय विभागको इञ्चार्जको जिम्मेवारी नारायणकाजी श्रेष्ठ ‘प्रकाश’लाई दिएको छ भने संयोजकमा लक्ष्मण पन्त तोकिएका छन् ।
त्यसैगरी बैठकले ३३ सदस्यीय कार्यालय बनाएको छ भने ९९ सदस्यीय सचिवालय र ३९९ सदस्यीय राजनैतिक परिषद बनाउने निर्णय गरेको छ । महाधिवेशन आयोजक समिति ठूलो भयो भन्ने गुनासो आइरहेको बेला बैठकले ३९९९ जनाको जम्बो समिति बनाउने निर्णय गरेको छ ।

बैठकले मंसिर २७ गतेदेखि पुस १० गतेसम्म प्रदेशस्तरीय बैठक गर्ने निर्णयसमेत गरेको छ ।

वि.सं.२०७३ मंसिर २१ मंगलवार १४:१५ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...