back
CTIZAN AD

रुपन्देही बन्द फिर्ता, शसक्त आन्दोलन गर्ने चेतावनी

वि.सं.२०७३ मंसिर २१ मंगलवार

1K 

shares

२१ मंसिर । संसदमा दर्ता भएको संविधान संसोधन विरुद्ध विभिन्न राजनीतिक दलहरुले एक हप्ता देखि गर्दै आएको रुपन्देही जिल्ला बन्द फिर्ता लिएका छन् । बन्दको सातौं दिन मंगलबार आन्दोलनरत दलका नेताहरुले संयुक्त विज्ञप्ति निकालेर बन्दको कार्यक्रम फिर्ता लिएको जानकारी दिएका हुन् ।
विज्ञप्तीमा बन्द हड्ताललाई स्थगित गर्दै आन्दोलनको स्वरुप परिवर्तन गरिएको जनाइएको छ । बन्द हड्ताल बाहेक विरोध जुलुस, सभा र बैठकहरु भने जारी राख्ने भनिएको छ । संसदमा दर्ता भएर टेबुल गर्न बाँकी रहेको संसोधन प्रस्ताव सदनमा टेबुल हुने बित्तिकै पुन सशक्त आन्दोलन अघि बढाइने चेतावनी दिँदै उक्त आन्दोलनमा सबैलाई तयारी अवस्थामा रहन अपिल पनि गरिएको छ ।
नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, जनमोर्चा नेपाल, नेकपा मार्क्सवादी र अखण्ड नेपाल पार्टीले सात दिनदेखि जिल्ला बन्द गराउँदै आएका थिए । बन्दका कारण उद्योग, शैक्षिक संस्थाहरु ठप्प भएका छन् भने आम जनताको दैनिकी कष्टकर बन्दै आएको थियो ।

वि.सं.२०७३ मंसिर २१ मंगलवार १३:५९ मा प्रकाशित

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...