back

प्रशासनिक कार्यको आन्तरिक तयारी सुरु: नगरपालिका र गाउँपालिकामा ७० कर्मचारी

वि.सं.२०७३ मंसिर २१ मंगलवार

624 

shares
GLOBAL IME AD
NTC AD

1

२१ मङ्सिर, काठमाडाँै । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको पुनःसंरचनासँगै स्थानीय तहको शीघ्र कार्यान्वयनका लागि प्रशासनिक जटिलता आउन नदिन आवश्यक कर्मचारी व्यवस्थापनलगायत प्रशासनिक कार्यको आन्तरिक तयारी सुरु गरेको छ ।

पुनःसंरचनापश्चात स्थानीय निकायहरु स्वतः भङ्ग हुनेछन् र अधिकारसम्पन्न स्थानीय तह क्रियाशील रहनेछन् । त्यस्तो अवस्थामा नयाँ दरबन्दी र संरचनाको सिर्जना गर्नुपर्ने हुन्छ ।

स्थानीय विकासमन्त्री हितराज पाण्डेले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन आएपछि तत्काल स्थानीय तह कार्यान्वयनमा जाने हुँदा नयाँ संरचनाअनुसार कार्य सम्पादनका लागि समस्या नआओस् भनेर कर्मचारीको व्यवस्थापन गर्न गृहकार्य सुरु गरिएको बताउनुभयो ।

गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमाना निर्धारण आयोगले स्थानीय तहको सङ्ख्याका बारेमा केही दिनभित्रै सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ ।

मन्त्रालयले कर्मचारी व्यवस्थापनबारे बृहत अध्ययन गर्न प्रशासन महाशाखाका सहसचिव चक्रबहादुर बुढाको संयोजकत्वमा विभिन्न शाखाका १० उपसचिवसहितको एक कार्यदल गठन गरेको छ ।

कार्यदललाई स्थानीय तहका कर्मचारीको कसरी व्यवस्थापन गर्ने, कर्मचारीको संरचना कस्तो हुने र सेवा गठनबारे अध्ययन गरी प्रतिवेदन पेस गर्ने कार्यदेश दिइएको छ । कार्यदलले छिट्टै नै अध्ययन प्रतिवेदन बुझाउने संयोजक बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी अब यही साताभित्र कर्मचारी व्यवस्थापनको प्रारम्भिक खाकासहितको प्रतिवेदन बुझाउँछौँ ।”

मन्त्रालयले महानगर र उपमहानगरपालिमा सहसचिव कार्यकारी प्रमुख रहने व्यवस्थाको तयारी गरेको छ । अहिलेको एक मात्र काठमाडौँ महानगरपालिकामा सहसचिव नै कार्यकारी प्रमुख रहेका छन् भने उपमहानगरपालिकामा उपसचिव कार्यकारी प्रमुख रहँदै आएका छन् ।

त्यस्तै नगरपालिका र गाउँपालिकामा उपसचिव कार्यकारी प्रमुख रहने व्यवस्था गर्न लागिएको छ । यसअघि नगरपालिकाको कार्यकारीमा केही उपसचिव र अधिकांश अधिकृतस्तरका कर्मचारी तथा गाविस सचिवमा केही अधिकृत र अधिकांश नायब सुब्बा, खरिदार तहका कर्मचारी रहँदै आएका थिए ।

अब महानगरपालिकामा ९ देखि १२ वटा विभाग तथा महानगर र उपमहानगरपालिकामा ९ देखि १२ वटा महाशाखा रहेनछन् । नगरपालिका र गाउँपालिकामा भने १० देखि १५ वटा शाखा रहनेछन् ।

महानगर र उपमहानगरका वडा सचिवमा अधिकृतस्तरको कर्मचारी रहने अनिवार्य व्यवस्था गर्न लागिएको छ भने नगरपालिका र गाउँपालिकाको वडा सचिवमा नायब सुब्बास्तरका कर्मचारी रहनेछन् । अहिलेको संरचनामा गाविस सचिवको नेतृत्व अधिकृत, नायब सुब्बा र खरदार तहका कर्मचारीले गर्दै आएका छन् ।

महानगर र उपमहानगरपालिकामा हाल कार्यरत कर्मचारीबाट नै सेवा प्रवाह गराउने मन्त्रायको योजना छ । नगरपालिका र गाउँपालिकामा भने शिक्षा र स्वास्थ्य सेवाबाहेक अधिकृत र सहायकस्तर गरी करिब ५० देखि ७० जना कर्मचारी रहनेछन् ।

अहिले जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समितिमा करिब १७ हजार कर्मचारी कार्यरत छन् । रासस

वि.सं.२०७३ मंसिर २१ मंगलवार १३:४२ मा प्रकाशित

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

काठमाडौँ । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको शुक्रवार बसेको बैठकले भूमि...

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

गलकोट (बागलुङ) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशअन्तर्गत नेपाल र भारतीय...

परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापान इन्टरनेसनल...