back
CTIZAN AD

न्यायाधीश विरुद्धको उजुरी तामेलीमा राख्ने निर्णय

वि.सं.२०७३ मंसिर २१ मंगलवार

1.1K 

shares

२१ मङ्सिर,काठमाडौँ  । व्यवस्थापिका–संसद्, महाभियोग सिफारिस समितिले सर्वाेच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराईविरुद्ध परेको महाभियोगसम्बन्धी उजुरीलाई तामेलीमा राख्ने निर्णय गरेको छ ।

न्यायाधीश भट्टराईविरुद्ध सांसद हरिचरण शाह, रामकुमार राई र रुक्मिणी चौधरीले महाभियोग लगाउन गत भदौ २१ गते व्यवस्थापिका–संसद् सचिवालयमा उजुरी दर्ता गराउनुभएको थियो ।

समितिको आजको बैठकले महाभियोगका लागि लगाइएको आरोपको गाम्भीरता, संविधानको भावना र संसद् नियमावलीमा भएको व्यवस्था अनुरुप नरहेको जनाउँदै यो विषयपछि समेत थप कारबाही नगर्ने गरी तामेलीमा राख्ने निर्णय गरेको हो ।

संविधानको गम्भीर उल्लङ्घन गरेको, कार्यक्षमताको अभाव भएको, पदीय दायित्वको पालना नगरेको तथा आचारसंहिता उल्लङ्घन गरेकोे खण्डमा मात्र महाभियोग लगाउने प्रावधान रहेकोमा न्यायाधीशविरुद्ध परेको उजुरीबाट त्यो पुष्टि नभएको निष्कर्षसहित बैठकले त्यससम्बन्धी विषयलाई खारेजी गर्ने निर्णय गरेको हो ।

मुलुकको शिक्षा क्षेत्रमा भएका केही कमीकमजोरीसँग जोडिएको विषयमा सर्वाेच्च अदालतमा उजुरी गराउन जाँदा तत्कालीन रजिस्टारले गरेको दरपीटको पक्षमा न्यायाधीश भट्टराईले निर्णय सुनाउनु भएपछि उहाँहरु महाभियोगको मार्गतर्फ लाग्नुभएको थियो । रासस

वि.सं.२०७३ मंसिर २१ मंगलवार १३:१९ मा प्रकाशित

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका...

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल...