back
CTIZAN AD

एमसीसीको बहश : वित्थाको सकस

वि.सं.२०७६ पुस १६ बुधवार

1.5K 

shares

वैदेशिक सहायता अहिले हाम्रो नियति वा वाध्यता हो । यहि नियति भित्रको एकपाटो हो–अमेरिकाले मीलेनियम च्यालेन्ज कर्पोरेशन अन्तर्गत नेपाललाई सहयोग गर्ने भनिएको र चर्चामा रहेको एमसीसी ।

एमसीसीको नाउँमा अहिले देश नै तरंङगीत हुने गरी बहस चलेको छ । सरकार राजनीतिक दल, नागरिक समाज, आमसञ्चार माध्यमदेखी जनस्तरसम्म अहिले एमसीसी बहसको विषय बनेको छ । कतिले देशको सभामुख पद र एमसीसीको अन्र्तसम्वन्धको चर्चा गरेका छन् । कतिले यसलाई इन्डोप्यासीफिक रणनीतिसँग जोडेका छन् । सबैका आ–आफ्ना बुझाइ छुन् । र सोही अनुरूप बुझ्नु र बुझाउन खोज्नु अस्वभावीक पनि होइन । यस मानेमा अहिले चलाइएका बहसलाई सोही अनुरूप बुझ्न पर्दछ ।

नेपालले लिने र अमेरिकाले दिने सहयात्राको एमसीसी न त पहिलो संस्करण हो न त अन्तिम नै । यस मानेमा यस्ता बहसको श्रृङ्खला पनि लामै हुने निश्चित छ । नेपालमा वि.सं. १९६८ सालमा नेपालकै पहिलो जलविद्युत परीयोजना फर्पिङ्ग जलविद्युत् आयोजना निर्माणमा तत्कालीन व्रिटिस भारतबाट प्राविधिक सहयता लिइएको देखिन्छ । सो अवधी यता बागमतीमा कति पानी बग्यो, विषयको ज्ञान राख्नेहरूले अवश्य लेखा जोखा गरेका होलान् ।

त्यसयता नेपालले विभिन्न देश, दातृ निकाय र सस्थाँहरू संगबाट सहायता प्राप्त गरेको छ । अमेरीकाबाट भने सन् १९५१ जनवरी २३ मा प्वाइन्ट फोर कार्यक्रम अन्तर्गत २२ हजार रुपैँयाको सहयोग लिएर नेपालले वैदेशीक सहायताको ढोका खोलेको थियो । इतिहासमा दोस्रो विश्वयुद्धको समाप्ति सँगै नयाँ चरणबाट बैदेशिक सहायताको सुरुवात भएको देखीन्छ । पुँजीवादमा आधारीत अमेरीका र साम्यवादमा आधारीत तत्कालीन साेिभयत संघको खेमा विभाजित भएसँगै नयाँ चरणको वैदेशिक सहायताले प्रवेश पाएको थियो । दुवै खेमाको उदेश्य गरीब मुलुकलाई आफूप्रति आकर्षित गर्ने नै रह्यो र सोहि आधारमा दुवै महासक्तिले वैदेशीक सहायताको पोको खोलेका थिए ।

यस्तो सहायता सन् ५० को दशकमा सदासयतामा आधारीत थियो । प्रत्येक दशकमा दाताको मानशिकतामा परिवर्तन आउँदा ६० को दशकमा वैदेशीक सहायताको उपलब्धता संस्था निर्माण र पुँजीगत लगानीको रूपमा प्रापक राष्ट्रमा भित्रीयो । सत्तरीको दशकमा दाताको चाहाना ग्रामीण विकाश र कृषिमा रह्यो । सन् २००० को दशकमा वैदेशीक सहायता सुसासन र लैङ्गीक मुद्दामा केन्द्रित हुँदा ८० को दशकको दाताको चाहाना वृहत आर्थिक स्थायित्वमा थियो । सन् ९० को दशकमा भने मानवीय र सामाजीक पक्षको रुपमा प्रापक देशले वैदेशीक सहायता प्राप्त गरेका थिए ।

यो क्रम सन् २०१० सम्म आइपुग्दा आतङ्कवाद नियन्त्रण, द्धन्द्ध व्यवस्थापन , वातावरण सँरक्षण , समावेसीता , शान्ति र प्रकोप व्यवस्थापनमा केन्द्रित रहेको देखिन्छ । यस मेलोबाट के बुझ्न सकिन्छ भने दाताको चाहाना अनुरूपनै प्रापक राष्ट्रले सहायता प्राप्त गरीरहेका छन् । यस आधारमा एमसीसी पनि दाताको चाहानाकै उपज हो । यस सहयोग अन्तर्गत पछिल्लो राष्ट्र मोजाम्विक थपीएको छ । सन् २०१९ डिसेम्बर ९ मा एमसीसी बोर्ड बैठकले मोजाम्विकमा आर्थिक विकाश र गरीवी निवारणका लागि सहयोग गर्ने निर्णय गरेको छ ।

अव कुरो रह्यो नेपालको । नेपालले अमेरीकाबाट मात्र होइन जापान, चीन, संयुक्त अधिराज्य बेलायत, भारत, सोभियत संघ, स्वीजरल्याण्ड, अष्टे«लीया र न्युजील्याण्डवाट पनि वैदेशीक सहायता लिएको छ । कर्णाली पुलदेखी विपी राजमार्ग जापानको सहयोगमा बने । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, भरतपुर क्यान्सर अस्पताल र निजामती अस्पताल चिनिया सहयोगमा बने ।
ट्रमा सेन्टर भारतीय सहयोगमा बनेको जीउँदो जाग्दो उदाहरण हामी सँग छ । पछिल्लो समय नेपाल रोड एण्ड वेल्ट इनिसीएटीभ सँग जोडिएको छ । यो चीनको अत्यन्तै महत्वकांक्षी आयोजना हो । वीआरआई, नाटो, इण्डोप्यासीफिक लगायतका हामीले नाम सुनेका र नसुनेका गठबन्धन, आयोजना वा रणनीति ति देशहरुले आफ्नो स्वार्थका लागि हामीलाई दिने साथ र सहयोग हुन् । यस मानेमा एमसीसी पनि अमेरीकाले हाम्रो गरीवी देखेर ‘हेज’ ले दिएको होइन । तर सहयोग लिने प्रापक देशको रुपमा नेपालले यस्ता सहयोगलाई राष्ट्रिय स्वार्थको रूपमा प्रयोग गर्नुपर्दछ ।

नेपालको संविधान २०७२ को धारा ५१ ले पनि राज्यका निती अन्र्तगत वैदेशीक सहायता लिँदा राष्ट्रिय आवश्यकता र प्राथमिकतालाई आधार बनाउँदै यसलाई पारदर्शी रुपमा राष्ट्रिय बजेटमा समाहीत गर्ने प्रष्ट व्यवस्था छ । यस व्यवस्थाको रूपमा एमसीसी लगायतका सहायतालाई हामीले हाम्रो राष्ट्रिय हितमा प्रयोग गर्नुपर्दछ ।

अहिले एमसीसीको पक्ष र विपक्षमा चन्डी पढ्नु भन्दा यति ठूलो सहायता रकमलाई हामीले कसरी हाम्रो स्वार्थमा उपयोग गर्ने भन्ने वहस चलाए त्यो राष्ट्रिय हित अनुकुल हुने देखिन्छ ।

एमसीसी वा विआरआइ फुत्काउनु भन्दा तिनलाइ देशहितमा प्रयोग गर्नु देशभक्ति हुन्छ की ? अहिले देशमा जनताले पत्याएको एकमना बहुमतको सरकार छ । अहिेलेसम्मकै सर्वाधिक देशभक्त प्रधानमन्त्री र वैचारीक रुपमा अहिलेका राजनेताहरुमा सवैभन्दा वढि वैचारीक स्पष्टता भएका परराष्ट्रमन्त्री भएकोले एमसिसिमा अनावस्यक वहस गर्नुभन्दा यसको समुचित प्रयोगमा लाग्नु देशका लागी श्रेयस्कर हुन्छ । जनआस्था साप्ताहिकवाट

वि.सं.२०७६ पुस १६ बुधवार ११:३५ मा प्रकाशित

महाविनाशकारी भोटेकोशी बाढीको भूराजनीतिक पाटो

महाविनाशकारी भोटेकोशी बाढीको भूराजनीतिक पाटो

नेपाल र चीनबीचको भोटेकोशी बाढीको भूराजनीति एउटा अत्यन्तै संवेदनशील, समसामयिक...

नेपालको प्राकृतिक विपद् र अगस्ट २६ को राष्ट्रिय विपत्ति

नेपालको प्राकृतिक विपद् र अगस्ट २६ को राष्ट्रिय विपत्ति

नेपाल फेरि एकपटक गम्भीर राष्ट्रिय विपत्तिको सामना गरिरहेको छ। २६...

जनैको चमत्कार र रक्षाबन्धनको रक्षा

जनैको चमत्कार र रक्षाबन्धनको रक्षा

म हिन्दू हुँ म पनि शेरबहादुर देउवा जस्तै हिन्दू हुँ।...

विश्व राजनीतिक परिदृश्यः विहङ्गम दृष्टि

विश्व राजनीतिक परिदृश्यः विहङ्गम दृष्टि

आजको विश्व राजनीति एक जटिल संक्रमणकालमा छ, जहाँ अमेरिकाको एकाधिकार...

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

 हेलेजको परिचय, महत्त्व तथा नेपालमा नयाँ प्रविधि हेलेज (Haylage) भन्नाले...

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

नेपाल एकीकरण अभियान र नेपाल–अंग्र्रेज युद्ध (१८१४–१८१६) का प्रमुख नायक...