
१७ पुस, काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको करार शिक्षकको मकवानपुर, धादिङ र सिन्धुपाल्चोक जिल्लाको करार सूचि सार्वजनिक गरेको छ । आयोगले बुधबारसम्म सम्म ४८ जिल्लाको करार सूची प्रकाशित गरेको हो ।
आयोगले प्राथमिक तह करार शिक्षकको सूची प्रकाशित गर्ने क्रममा बुधबार एक सूचना जारी गर्दै ४ जिल्लाको प्राथमिक तहको करार शिक्षकको थप सूची प्रकाशन गरेको हो ।
मकवानपुर जिल्लामा जम्मा सिफारिस सङख्या १८४ र करार सिफारिस सङख्या ९२ रहेको छ । त्यस्तै धादिङ जिल्लामा जम्मा सिफारिस सङख्या २०९ र करार सिफारिस सङख्या १०४ रहेको रहेको छ भने सिन्धुपाल्चोक जिल्लामा जम्मा सिफारिस सङख्या १९० र करार सिफारिस सङख्या ९५ रहेको रहेको छ ।
आयोगले खुला प्रतियोगितात्मक परीक्षाद्वारा सामुदायिक विद्यालयमा रिक्त शिक्षक पदपूर्तिका लागि प्रकाशित विज्ञापन बमोजिम स्थायी नियुक्तिका लागि सिफारिस नभएका निम्न उम्मेद्वारहरुको नाम नामेसी विवरण शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम करार शिक्षक पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आयोगले प्रकाशन गरेको हो ।
वि.सं.२०७६ पुस १७ बिहीवार ११:०१ मा प्रकाशित