१८ पुस,काठमार्डौं । आज देशभर विभिन्न स्थानमा वर्षा र हिमपात हुने मौसमविदले बताएका छन् ।
शुक्रबार रातिसम्मै उच्च पहाडी तथा हिमाली भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
पश्चिमी वायुको प्रभाव आज पश्चिमी क्षेत्रमा भने कम हुने सम्भावना छ । आज दिउँसो काठमाण्डौसहित देशका पूर्वी र मध्य क्षेत्रमा सामान्य पानी पर्ने सम्भावना भए पनि बेलुका चाररपाँच बजेपछि उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिउँ पर्ने र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् विभुति पोख्रेलले जानकारी दिए ।
वि.सं.२०७६ पुस १८ शुक्रवार ०८:५९ मा प्रकाशित






























