back
CTIZAN AD

भ्रमण वर्ष २०२० सफल बनाउन जुटे ओमानमा रहेका नेपाली संघ-संस्था

वि.सं.२०७६ पुस २० आइतवार

1.1K 

shares

१९ पुष, ओमान । नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनका लागि ओमानमा रहेका नेपाली संघसंस्थाहरु एकजुट भएका छन् ।

शुक्रबार (३ जनवरी) मा बसेको ओमानमा रहेका संघसंस्थाहरुको नेतृत्वको संयुक्त बैठकले यस्तो महत्वपूर्ण निर्णय गरेको हो ।

बैठकबाट ओमानमा सक्रिय सामाजिक संस्थाहरुबाट एक–एक जना सदस्य रहने गरि छबिलाल बस्नेतको संयोजकत्वमा १९ सदस्यीय भिजिट नेपाल २०२० प्रचार–प्रसार तथा कार्यक्रम आयोजक टिम गठन गरिएको छ ।

जस्को कोषाध्यक्ष सेवन्त पुर्जा पुन (अध्यक्ष, एनआरएनए) सचिव तथा मिडिया कभरेज राजेश महर्जन र सदस्यहरुमा बिकाश घले (नेपाली समाज), भिम निरौला ( सगरमाथा समूह) ,सन्जय साह (जनसम्पर्क समिति ),पुर्ण बहादुर बि.क. पहाडी (प्रवासी नेपाली एकता मंच ), खेम खडकाथोकि (बाग्लुङ सेवा समाज) ,घनश्याम भन्डारी (गुल्मी सेवा समाज ), साबित्रा पोखरेल (पाल्पाली परिवार), गणेश चोखाल (मोना म्यादी), दिल रानामगर (नेपाल मगर संघ ), बिरोज लामा (नेपाल तामाङ समाज ), सुरेश बराइली (दलित एकता संजाल ), ओमकार तामाङ (बुद्ध भिजन), मधु गुरुङ (नेपाली महिला समुह), सुशील पुन (अन्तर्राष्ट्रिय साहित्य समुह), बिक्कल झा (गैरआबाशिय नेपाली संघ), पुर्ण गुरुङ (तमु समाज ) रहेका छन भने,
संयोजक, कोषाध्यक्ष, सचिव तथा मिडिया कभरेज क्रमशः ओमान नेपाली एकता समाज,गैरआबाशिय नेपाली संघ, विवेकशिल नेपाली दलमा आबद्ध रहेका छन् ।

उक्त टिमले नेपाल पर्यटनबर्ष २०२० लाई प्रचार–प्रसार गर्न नेपाली राजदूताबास मस्कटसँग सहकार्य गर्दै विविध कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।

यसरी गरिदैंछ प्रचारप्रसार
केही सपिङ्ग मल तथा गेटहरुमा भिजिट नेपालको ब्यानर राख्ने, भिजिट नेपाल २०२० को लागि फेसबुक पेज निर्माण गरि विभिन्न सामाजिक संजालमा प्रचारप्रसार गर्ने, विभिन्न कम्प्लेक्सहरुमा नेपाली मौलिक सामाग्री तथा सास्कृतिक प्रदर्शनी गर्ने, फोटो प्रतियोगिता गर्ने, समुद्री किनारा सरसफाइ गर्ने, रक्तदान कार्यक्रम गर्ने, विभिन्न देशहरुको कार्यक्रमहरुमा पुगेर भिजिट नेपाल २०२० को प्रचारप्रसार गर्ने, ओमानका पत्रकारहरुलाई नेपाल भ्रमण गराउन पहल गर्ने लगायतका वर्षैभरिका कार्यक्रमहरु तय गरेको छ । साथै यी सबै कार्यक्रमहरुमा सहयोग तथा आबस्यक छलफलको लागि राजदुतावासलाई एक बुँदे ज्ञापनपत्र बुझाउने निर्णय समेत बैठकले गरेको छ ।

वि.सं.२०७६ पुस २० आइतवार ११:०६ मा प्रकाशित

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...