२० पुष, काठमाण्डौं । सन्राईज बैंकका ग्राहकलाई सांग्रीला होटलमा बिशेष छुट हुने गरी बैंक र होटलबीच सम्झौता भएको छ ।
आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल,रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुटका लागि यस्तो सम्झौता गरिएको जनाएको छ ।
बैंकका ग्राहकहरुले होटल संग्रीलाको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले ाfood, beverages, bakery, sauna and swimming जस्ता सुविधाको भुक्तानी गर्दा सन्राइज बैंकको क्रेडिट तथा डेविट कार्ड देखाएर वा कार्ड मार्फत् भुक्तानी गरेर १५ प्रतिशत सम्मको छुट लिन सक्नेछन् ।
यो सुविधा यस बैंकका ग्राहकहरुले मिती पौष १५, २०७७ सम्म उपयोग गर्न सक्ने छन् ।
वि.सं.२०७६ पुस २० आइतवार १२:११ मा प्रकाशित






























