back

पोर्चुगलमा फेमली अप्लाइका लागि के-के कागजात चाहिन्छ त ?

वि.सं.२०७६ पुस २० आइतवार

1.1K 

shares
RBB AD
NTC AD

पोर्चुगलमा रहेका सामाजिक अभियन्ता तथा लेखक नविन तिम्सिनाले पोर्चुगलमा रहेका नेपालीहरुका लागि सहज होस् भनेर त्यहाँका विविध विषयमा कलम चलाउँदै आएका छन् ।
विशेषत पोर्चुगलको कानुन लगायतका विषयमा सुझाव दिइरहेका हुन्छन् उनी ।

आज हामीले उनै नविनले लेखेका पोर्चुगलमा फेमली अप्लाइका लागि जान्नुपर्ने कुराहरुका बारेमा प्रकाशन गरेका छौं ।

आउनुहोस् पढौं उनले दिएको सुझाव
फेमली कार्डका लागि आँफै प्रोसेस गर्नुहोस् हजुरहरुलाई सजिलो होस् भनेर सेफले नेपाली भाषाको सुबिधा पनि दिएको छ । नबुझेको आफ्नो नजिकमा भएको तपाईं भन्दा पहिला अप्लाई गरेको व्यक्तिलाई सोध्नुहोस् । अब यता हेर्नु डेट सेफको ८०८२०२६५३ मा कल गरी आफ्नो ईमेल, कार्ड नम्बर, आउने मान्छेको नाम र जन्म मिती टिपाइ लिनु भयो अनी उती नै बेला फोनमा मैले के–के कागजहरु बुझाउनु पर्छ भनेर सोध्नु भयो भने पनि अधिकारिक ब्यक्तिले तपाईंलाई यो–यो डकुमेन्ट चाहिन्छ भनिदिन्छन् ।

अब रह्यो कुरा डकुमेन्टको एकदमै सामान्य भाषामा सबैले बुझ्ने गरी अती सरल तरिकाले लेखेको छु ।

(तपाईंको पहिलो कार्ड नआइकन त फेमिली अप्लाई हुँदैन । हो अब कुरा जसरी तपाईं सेफमा पहिलो कार्डको फिङरको लागि जानु भएको थियो नि सम्झनुस् त भोली फिङर छ भन्दा सो आज डर पनि लागेको थियो होला के हुने हो कि ? भनेर तर फिङर भइसकेपछी पक्कै सोच्नु भको थियो होला कागज सबै ठीक भएपछी केही गार्हो रहेनछ भनेर । त्यसैले म सधैं भन्छु नि, यहाँको निती नियम पालना गर्नु हाम्रो कर्तब्य हो र कार्ड प्राप्त गर्नु परिवार बोलाउन पाउनु, स्वास्थ्य, शिक्षा उपभोग गर्न पाउनु हाम्रो अधिकार हो । नियममा आफु बसेपछी निरन्तर काम गरेर सरकारलाई ट्याक्स बुझाएपछी आफ्नो अधिकारका लागि हामी सेफका कर्मचारीसँग Cross Question गर्न सक्छौ ।

यो हुँदैन थप अर्को कागज लिएर आउनु भनेको फाइललाई मैले यो यसरी, अनी यो यस्तो, भएर भनेर बुझाईदिदा काम बनेको उदाहरणहरु धेरै छन साथीहरुसँग जो जस्को डेटमा म गएको थिए । आफू पनि जानी नजानी बोल्न सक्नुपर्छ अङ्रेजीमै भएपनी अनि नम्र र शिष्ट भाषामा । अब माथि कै कुरा जोडौ फेमिली अप्लाईका लागि मैले माथि भनेझै तपाईंका बेसिक कागज जस्तै 
१ -तपाईंको रेसिडेन्सी कार्ड

२- तपाईंको कामको कन्ट्रयाक्ट

३- तलब बुझेका रसिद ३ वटा

४- आइ आर यस पेपर (आइ आर एस ९–१० हजार हुनु पर्छ भन्ने हल्ला मात्रा हो है भएको त राम्रो तर महिना को ६०० न्युनतम तलब सरकारले तोकेको छ अनी ९–१० हजार कसरी पुग्छ)

५ ए सि टि, डिक्केलेरेसाओ

६- घर  contract वा Juntaa

७-बैंक बेलेंस पनि राखन सक्नु हुन्छ ।

यि साधारण कागज हुन जो हामीसँग हुन्छन्, आतिनु नै पर्दैन है एक्दम सरल तारिकाले बताउदै छु ।

अब परिवार बोलाउने भएपछी आफै अनुमान लगाउनु के–के चाहिएला । सोच्नु होस् त एक मिनेट ! तपाईंले यहाँको सेफलाई फलानो मेरो बुवा–मुवा र श्रीमान–श्रीमती–छोरा –छोरी हुन भन्ने प्रमाण पेस गर्ने हो । अनी मैले उनीहरु लाई यहाँ बोलाएर रेखदेख गर्न सक्छु भनेर माथि मैले लेखेको तलब रसिद , काम को कन्ट्रयाक्ट, बस्ने ठाउँ को कागज माग्ने हो ।

यहाँको सरकारले तपाईंलाई गार्हो बनाएको हैन तर तपाईं हाम्रो परिवारलाई माया गरेको हो । हो यस्ले यती तलब भएपछी, यहाँ काम भएपछी, बस्ने ठाउँ पनि रहेछ उस्ले परिवार बोलाएर उनिहरुलाई पाल्न सक्छ भनेर यो नियम र कागज माग्ने हो । जुन तपाईंको औठाछाप लिएर तपाईंलाई बसोबास अनुमती पत्र (कार्ड )दिएको छ त्यो नेपाल जाने आउने कार्ड मात्र नभै तपाईंलाई र तपाईंका परिवारलाई यहाँ ल्याउने देखी यहाँ को नागरिकता सम्म दिने बाटोको गेट खोलिदिनु हो ।

अब अनुमान लगाइसक्नु भयो पक्कै सेफलाई फलाना मेरो परिवार हुन भन्ने प्रमाण भएका कागज जस्तै
१, विवाह दर्ता

२, जन्म दर्ता-बच्चाको हकमा वा माता पिता बोलाँउदा आफ्नो जन्म दर्ता कागज (दुबिधा नहुनु होला आफ्नो जन्म दर्तामा माता पिताको नाम लेखिएको हुन्छ त्यसैले)

३-स्पाउज नबोलाई बच्चा मात्र बोलाउने केसमा नेपालमा भएको श्रीमान वा श्रीमतीको बच्चा लैजान मेरो स्वीकृत छ भन्ने एउटा पत्र । (यो अती आवश्यक छ एक जना बुवा वा आमा नेपाल मै बस्नुहुन्छ र अर्को यहाँ हुनुहुन्छ र हाल बच्चाको मात्र अप्लाई गर्दै हुनुहुन्छ भने)

४- माता पिता अप्लाई गर्ने सोचमा हुनु हुन्छ भने माता पितालाई पैसा पठाएको उहाहरु कै नाममा त्यो रसिद पनि राख्नु होला है ।

५-प्रहरी रिपोर्ट जो नेपालबाट आउँदै हुनु हुन्छ ।

छ -नाता प्रमाणित कागज (कम्पल्सरी छैन)

७-आऊने ब्यक्तिको पासपोर्ट कपि

ल हेर्नु होस त यो साधारण कागज हुन अहिले पक्कै सजिलो लागेको छ होला हजुरहरुलाई । यो बेसिक कागज हुन जुन हाम्रो नेपालको वार्ड , नगरपालिकामा बन्छन् । यि सबैलाई नेपालको परराष्ट्रमा छाप लगाउदै भेरीफाइ गराउदै पोर्चुगलमा ल्याएर पोर्चुगिस भाषामा ट्रान्स्लेट गराई यहाँको परराष्ट्र (अलकान्त्रा वा पोर्तोमा अवस्थित) कार्यलयमा छाप लगाउनु पर्छ ।

अब यो सबै तयार पार्नु भयो यो सबै कागज लिएर डेट लिनु भएको दिन र समयमा निर्धक्क जानुहोस् है । पैसा तिरेर मान्छे लानु जरुरी छैन बरु अफ्ठेरो नै लाग्यो भने आफ्नै कोही नेपाली साथी लिएर जानु लैजान मज्जाले मिल्छ है । यो सबै कागज उनीहरुले स्क्यान गरेर राख्छ जसरी पहिलो कार्डको लागि हजुरहरुको कागजातहरु राखेको थियो । अनी हजुरलाई अप्रुभ लेटर केही दिन देखी ३ महिना सम्ममा पठाउछु भन्छन् । ढुक्क हुनुहोला तपाइ हरु लाई गाईड गर्ने हामी छौ ।

नबिन तिम्सिना,लिस्बन

पोर्चुगलमा अस्थायी सुविधा अनुमतिपत्र लिएपछि के-के सुविधा पाइन्छ त ?

वि.सं.२०७६ पुस २० आइतवार १५:५३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
यी हुन् सक्छन् स्थानीय तहको विकासका लागि प्राथमिकताका क्षेत्रहरू ?

यी हुन् सक्छन् स्थानीय तहको विकासका लागि प्राथमिकताका क्षेत्रहरू ?

नेत्र सुवेदी ‘प्रयास’ काठमाडौँ । असारको पहिलो हप्ता भएको हुँदा...

नेपाल भाषा पत्रकारिताको सय वर्ष र मुलुकको मातृभाषा

नेपाल भाषा पत्रकारिताको सय वर्ष र मुलुकको मातृभाषा

‘भाषा म्वासा जाति म्वाइ’ (भाषा रहे जाति रहन्छ) भन्ने नेपाल...

समय, पात्र र सत्य, सत्ता सङ्घर्ष

समय, पात्र र सत्य, सत्ता सङ्घर्ष

नेपालमा लोकतन्त्र भन्ने शब्द २०६२/०६३ को जनआन्दोलनसँग जोडिएर बढी प्रयोगमा...

ग्रामीण विकास, मोडेल परिवर्तनको खाँचो

ग्रामीण विकास, मोडेल परिवर्तनको खाँचो

तीनै तहका सरकार मिलेर बस्ती निर्माणको ढाचा तत्कालै परिवर्तन गर्नुपर्छ...

महामारीका रुपमा फैलिँदै तनाव, यसरी गर्न सकिन्छ व्यवस्थापन !

महामारीका रुपमा फैलिँदै तनाव, यसरी गर्न सकिन्छ व्यवस्थापन !

एलपि भानु शर्मा, काठमाडौँ । विश्वका अनेक प्राणीहरुमध्ये मानव जाति...

यी हुन् धितोपत्र माग सिर्जनाका विकल्प

यी हुन् धितोपत्र माग सिर्जनाका विकल्प

अचुतकुमार ओझा काठमाडौँ । नेपालको धितोपत्र बजार सात प्रदेश, ७७...