back
CTIZAN AD

कोरियामा श्रमिकको ज्याला बृद्धि

वि.सं.२०७६ पुस २१ सोमवार

738 

shares

कोरियामा श्रमिकको न्युनतम ज्याला २.९ प्रतिशत अर्थात प्रतिघण्टा २४० वनले बृद्धि भएको छ । १ जनवरीबाट लागू हुने गरि ८५९० वनप्रति घण्टा हुनेछ । कोरियाको तलब निर्धारण समितिको १२औं बैठकले यसअघिको न्यूनतम ज्यालामा प्रति घण्टा २ सय ४० वन वृद्वि गर्दै ८ हजार ५ सय ९० पुर्याउने निर्णय गरेको हो।

यो २०१९ को तुलनामा २.९ प्रतिशतले बृद्धि भएको हो । दिनमा ८ घण्टा काम गर्ने हप्तामा ४० घण्टा काम गर्ने श्रमिकको न्युनतम ज्याला महिनामा २०९ घण्टा काम गर्ने कामदारको अबको ज्याला १७ लाख ९५ हजार ३ सय १० वोन हुनेछ भने प्रतीघण्टा ८ हजार ५ सय ९० वन वन (१ लाख ६५ हजार रुपैयाँ) पुग्ने छ । दिनमा ८ घण्टा पछि ५ जनामाथि श्रमिक भएको कम्पनीमा काम गर्ने श्रमिकले राति १० बजेसम्म प्रति घण्टा 12885 वन राति १० बजे पछि विहान ६ बजेसम्म रातिको भत्तासहित प्रति घण्टा 17180 वन प्राप्त गर्ने छन् । यसअघि सन् २०१८ का लागि मनेरियामा न्यूनतम ज्याला प्रतिघण्टा ८ हजार ३ सय ५० वन रहेको थियो।

आईतवार 8 घण्टा काम गरे बाफत १५० प्रतिशत र 8 घण्टा पछि राति १० बजे सम्म २०० प्रतिशत प्रतिशत राति ३ बजे पछि ३०० प्रतिशत पाउने छन । प्रवासी मजदुर युनियन (एमटियु) लगायत मजदुर संगठनहरूले न्यूनतम ज्याला प्रति घण्टा १० हजार वन हुनुपर्ने माग राख्दै आएका थिए।

वि.सं.२०७६ पुस २१ सोमवार २०:२४ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...