back
CTIZAN AD

डढेलो नियन्त्रणका लागि दुई अर्ब डलर व्यवस्थापन – प्रधानमन्त्री मोरिसन

वि.सं.२०७६ पुस २२ मंगलवार

816 

shares

२२पुस, क्यानबेरा । एएनआई विगत केही महिनादेखि अस्ट्रेलियामा लागेको डढेलो नियन्त्रणका लागि सरकारले दुई अर्ब अष्ट्रेलियाली डलर छुट्ट्याएको प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन् ।

सरकारले उक्त रकमलाई डढेलो प्रभावित किसान, साना उत्पादक तथा डढेलोका कारण मानसिकरूपमा प्रभावित नागरिकलाई आवश्यक कार्यक्रम सञ्चालनका लागि उपलब्ध गराइने बताएका छन् । डढेलोको खतरा अझै पनि कम नभएपछि अस्ट्रेलियाको न्यू साउथ वेल्स प्रान्तमा गत शुक्रबारदेखि एक हप्ता लामो सङ्कटकालको घोषणा गरिएको छ ।

मोरिसनले भनिन्, “हामीले डढेलोबाट प्रभावित यस राष्ट्रको उथ्थान र भविष्ययका आवश्यक पर्ने सबै क्षेत्रमा लगानी गरी देशलाई थप व्यवस्थित गर्दै अघि बढ्नेछौँ ।”अस्ट्रेलियामा डढेलोका कारण सेप्टेम्बरदेखि अहिलेसम्म दुई दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको विश्वास गरिएको छ ।

भिक्टोरिया र न्यू साउथ वेल्समा दुई हजारभन्दा बढी घर पूर्णरूपमा जलेका बताइएको छ । डढेलोको खतरा बढेसँगै अहिलेसम्म डढेलोका कारण लाखौँ हेक्टर क्षेत्र जलेको अनुमान गरिएको छ । डढेलो प्रभावित क्षेत्र नेदरल्याण्ड वा डेनमार्कको कूल क्षेत्रफलभन्दा बढी भएको बताइएको छ ।

त्यस्तै डढेलोका कारण यहाँका जङ्गलमा रहेका ठूलो सङ्ख्यामा जनावरहरू मरेका छन् यद्यपि मारिएका जनावरबारे फरक फरक अनुमानहरू आएका छन् । यसवर्ष अस्ट्रेलियामा गर्मी अत्यधिक महसुस गरिएको र कतिपय राज्यमा डढेलो ‘नियन्त्रण बाहिर’ रहेको अस्ट्रेलियाली अधिकारीहरूले बताएका छन् । पछिल्ला केही दिनमा देशका अधिकांश स्थानमा तापक्रम वृद्धि भएको छ ।

वि.सं.२०७६ पुस २२ मंगलवार ०९:२० मा प्रकाशित

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...