back
CTIZAN AD

ग्यास चुहावट भएर आगलागी हुँदा रु बीस करोड बराबरको नोक्सानी

वि.सं.२०७३ मंसिर २२ बुधवार

963 

shares

२२ मङ्सिर, इटहरी । सुनसरी जिल्लाको दुहवीभलुवा नगरपालिका– ४ स्थित कालोडल्लप उत्पादन उद्योगमा हिजो साँझ आगलागी हुँदा रु बीस करोड बराबरको धनमाल नोक्सान भएको उद्योग सञ्चालक मनिष अग्रवालले बताउनुभएको छ ।

खाना पकाउने एलपी ग्यास चुहावट भई उद्योगमा आगलागी भएको थियो । आगो फैलनासाथ उद्योगमा भएका ग्यास सिलिन्डर पड्किन थालेपछि उद्योगभित्र आगो फैलिएको थियो ।

आगो फैलिएपछि त्यहाँ कार्यरत मजदुरमा भागदौड मच्चिँदा तीन कामदार घाइते भएका थिए । उद्योगमा करिव दुई हजार मजदुर कार्यरत थिए ।

घाइते मजदुर अमृत श्रेष्ठ दिलीप चौधरी र राजु यादवलाई राति नै उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको स्थानीय इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव पोख्रेलले जानकारी दिनुभयो ।

आगलागीका कारण उद्योगकोे कच्चा पदार्थ उपकरणसमेत जलेर पूरै नोक्सानी भएको सञ्चालक अग्रवालले बताउनुभयो ।

इटहरी, धरान, विराटनगर, दमक र राजविराजबाट आएका बारुणयन्त्रले राति २ बजे मात्र आगो नियन्त्रण मा लिन सफल भएको प्रहरीले जनाएको छ । रासस

वि.सं.२०७३ मंसिर २२ बुधवार ०७:४६ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...