back
CTIZAN AD

पश्चिमी वायु फेरि सक्रिय , भोलि पनि मौसम बदली हुने सम्भावना

वि.सं.२०७६ पुस २४ बिहीवार

621 

shares

२४ पुस, काठमाडौँ । पश्चिमी वायु फेरि सक्रिय भएको छ । पश्चिमी वायुको प्रभावले केही दिनदेखि देशभरिकै मौसम बदली भइरहेको छ ।

बिहीबार ,दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानहरुमा मध्यम देखि भारी हिमपात भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार राती देशको मध्य तथा पूर्वी भुभागमा सामान्य बदली तथा पश्चिमका भूभागमा आंशिक बदलि रही पश्चिमका एकदुई स्थानहरुमा साथै मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ । देशका मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा भने हल्का हिमपात हुने सम्भावना रहेको छ ।

शुक्रबार दिउँसो देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पूर्वी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको संभावना छ ।शुक्रबार रातीदेशका पूर्वी र मध्य पहाडी भू भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

शनिबार दिउँसो भने  देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राती देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।शनिबार देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

उच्च पहाडी तथा हिमाली भू भागका अधिकांश स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेकोले, यसकै कारणले जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउनुका साथै यात्रा गर्दा सावधानी अपनाउनुहुन पनि सबैमा अनुरोध गरेको छ ।

वि.सं.२०७६ पुस २४ बिहीवार १२:३३ मा प्रकाशित

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा आगामी जेठ पहिलो साता ‘हनी...

‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

काठमाडौँ । ‘मानवतामा एकताबद्ध’ भन्ने नाराका साथ आज विश्व रेडक्रस...

सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

उपकुलपतिका लागि दरखास्त आह्वान

उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौँ । विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...