back
CTIZAN AD

चाउचाउले निम्त्याउँदैछ नेपालमा कुपोषण

वि.सं.२०७६ पुस २५ शुक्रवार

1.3K 

shares

संसारमा बच्चाहरूले नूडल्स निकै मन पराएको भेटिनुको कारण यसमा रहेको अजिनामोटो र नुनको मात्र आमाको दूधमा हुने ग्लुटामिक एसिड र नुनको मात्रासँग मिलेर बेजोड स्वादिलो महशुस हुने हुनाले हो । चाउचाउको सेभोरी स्वाद आमाको दूधको सेभोरी स्वादको नजिक हुने हुँदा मानिसको दिमागमा यसले एडिक्सन थपिदिन्छ ।

नेपालमा मात्र हैन एसिया मै इन्स्ट्यान्ट नूडल्स अथवा भुलुक्क उमालेर खान सकिने चाउचाउको खपत आकासिँदो छ । भेजिटेबल तेल, अजिनामोटो र गन्धहरूलाई गहुँको पिठोमा मुछेर बनाइएको चाउचाउमा केही भिटामिन र खनिजहरू हाली बनाउँदा चाउचाउ पोषणयुक्त बन्ने भ्रम हालै नेपालको योजना आयोगको भूतपूर्व उपाध्यक्ष तथा जाने मानेका अर्थ शास्त्रीको दाबी नेपालको निकै चर्चित टेलिभिजन कार्यक्रमबाट सगौरव प्रसारण गरियो ।

एक जमानामा अमेरिकाको लुइसियानास्थित टुलने युनिभर्सिटी स्कुल अफ मेडिसिनका अन्वेषकहरूले रिसर्च गर्दा गहुँबाट बन्ने इन्स्ट्यान्ट नूडल्समा त्यसरी मिसाइएको भिटामिन र खनिजहरू चाउचाउ पकाउँदा पनि थियमिन बाहेक अन्य नष्ट नभएको भेटे । उनीहरूले आफ्नो अनुसन्धानको कार्य क्षेत्रले तोकेको भिटामिन र खनिजहरू हाल्दा र नहाल्दा नूडल्सको स्वाद वा संरचनामा कुनै फरक नपरेको बताए । अन्वेषकहरूले आफ्नो अनुसन्धान रिपोर्टमा प्रस्ट यो पनि लेखिदिए कि उक्त अनुसन्धान खाद्यान्नमार्फत पोषण सुदृढीकरण कार्यक्रमहरूको डिजाइनको लागि एउटा सम्भावित रूपरेखा हुनसक्ने सम्भावना छ ।

फलेभर ईनहेन्सरको नाममा नेपालमा चाउचाउमा निकै धेरै एमएसजी वा मोनो सोडियम ग्लूटामेट हालिएको भेटिन्छ । एमएसजीले स्वाद बढाउने काम गर्दछ । धेरै एमएसजी खाएका बच्चाहरूमा दिमागको विकासमा विविध कमजोरीहरू हुने भेटिएको छ । चाउचाउ उत्पादकले चाउचाउको एक्स्पाएर मिति लम्ब्याउन धेरै नुन हाल्ने गर्छन् । यसमा रहेको धेरै सोडियम कन्टेन्टले बच्चाको मुटु, कलेजो र मिर्गाैलामा क्षति पु¥याएको पाइन्छ ।

उक्त अनुसन्धानमा पाइएका निचोडहरूले कुनै वैज्ञानिक प्रभावकारिताको सुनिश्चित गर्न सक्ने स्तरको नतिजा दिएको थिएन । न त त्यस्तो कुनै दाबी नै गरिएको थियो । भेटिएका नतिजाको वैज्ञानिक प्रभावकारिताको सुनिश्चितता गर्न अन्वेषकहरूले धेरै क्षेत्रका कुराहरू र घटकहरू प्रमाणित गर्न जरुरी हुन्थ्यो । जुन उनीहरूको अनुसन्धान क्षेत्र बाहिरको कुरा थियो ।

जस्तै कुनै पनि खानामा भिटामिन र खनिज हालेर पकाई हेर्दा पाकेको खानामा प्रयोगशालामा परीक्षण गर्दा थपिएको भिटामिन र खनिज पदार्थ भेटिनु सामान्य हो । तर शरीरको लागि थपिएको भिटामिन र खनिज पदार्थ उपलब्ध हुन्छ भन्ने त्यति सजिलै यकिन गर्न सकिन्न । मानिसको आहारको बानी, आहार पद्धति, खाना आन्द्रामा पुगेपछि पोषण पदार्थ शोषण गर्न जरुरी हुने अन्य पदार्थको उपस्थिति, शरीरमा खानाको प्रतिकूलता र पौष्टिक तत्वको शोषण प्रभावकारिता लगायतका धेरै कुराहरूको उत्तर नलिए सम्म यस्ता कुरा यकिन भएको मानिन्न । जुन उक्त परीक्षणमा गरिएको थिएन ।

ईन्स्ट्यान्ट नूडल्स बनाउने क्रममा मैन लेपन गर्ने गरिन्छ । मैनले चाउचाउको बनावट राम्रो राख्न मद्दत गर्दछ । तर बच्चाहरूको लागि भने मैन लेपन हानिकारक हुन सक्दछ, किनकि मैन लेपित नूडल्सको नियमित सेवन गरेका बच्चा हरूको कलेजो बिग्रने गरेको भेटिएको छ । नूडल्स हत्तपत्त ओसिलो नबनोस भनी प्रोपिलिन ग्लाइकोल छर्कने गरिन्छ । विशेष गरी बच्चाहरूको मुटु, कलेजो र मिर्गाैलामा धेरै छिटो प्रोपेलीन ग्लाइकोल संकलन हुने र अङ्गहरूलाई हानी गर्न सक्दछ ।

अध्ययनको निचोडको आशय मात्र यती थियो कि गहुँको पिठोबाट उत्पादित चाउचाउ जस्ता पदार्थहरू समेत सहज फोर्टीफिकेसन गरी पोषक तत्व वास्तवमै बढाउन सक्ने रहेमा यो विधिको पोषण विरुद्धको अभियान सञ्चालन गर्न निकै ठूलो सम्भावनाको ढोका खोलिदिने छ । यस बारेमा अरू पनि धेरै रिसर्चहरू भएका छन् । तर अध्ययनहरू यस्तै प्रकृतिका निचोड निकाल्नमा सिमित छन् । कतिपय चाउचाउ उद्यमीका आफ्नै खर्चमा गरिएका भनिएका अनुसन्धानहरूले त हचुवामै निचोड लेखिदिएका समेत भेटिन्छन् ।

तर मुलुककै दुर्भाग्य यो अर्धसत्यलाई बंग्याएर एक ठूला व्यापारी घरानाले आफ्नो हितको खातिर अमेरिकामा समेत उच्च सम्मान रहेको बिल गेट्स फाउन्डेसनको समेत मान मर्दन हुने गरी दुरुपयोग गर्ने चेष्टा गरेको हो कि जस्तो देखियो ।

संसारमा बच्चाहरूले नूडल्स निकै मन पराएको भेटिनुको कारण यसमा रहेको अजिनामोटो र नुनको मात्र आमाको दूधमा हुने ग्लुटामिक एसिड र नुनको मात्रासँग मिलेर बेजोड स्वादिलो महशुस हुने हुनाले हो । चाउचाउको सेभोरी स्वाद आमाको दूधको सेभोरी स्वादको नजिक हुने हुँदा मानिसको दिमागमा यसले एडिक्सन थपिदिन्छ ।

प्रायः बच्चाहरू चाउचाउ यति मन पराउँछन् कि दिनको कुनै पनि समयमा चाउचाउको नूडल्स उनीहरू खान तयार बन्छन् । उमालेको चाउचाउहरूको स्टार्च नरम हुने हुँदा बच्चाहरू वास्तवमै मीठो स्वाद मानेर खाने गर्छन् । बच्चाहरूको अनुहारमा देखिएको आनन्द र खुसीमा जसरी एक आमा तत्काल दङ्ग देखिन्छन् ती नूडल्सका प्याक भित्र रहेको सामग्रीका बारे सचेत बनिन् भने दीर्घ रूपमा चिन्तित हुनुपर्ने अवस्था आउँछ ।

संसारमा सामाजिक उत्तरदायित्वकोे महशुस नगर्ने व्यापारी घरानाहरू चाउचाउमा जति सक्यो धेरै अजिनामोटो हालिदिएर ग्राहकमा दिमागी एडिक्सन थपिदिएर अनुचित आर्थिक लाभ उठाई रहेका भेटिन्छन् । चाउचाउबाट बच्चाले आवश्यक पोषण नपाई रहेको मर्का एकातर्फ छँदैछ भने अर्काेतर्फ चाउचाउमा शरीरलाई नै हानिकारक हुने रसायनहरू समावेश रहेकाले यसले बच्चाको शारीरिक र मानसिक विकासमा समेत गम्भीर हस्तक्षेप गर्न सक्दछ ।

तपाईले चाउचाउमा के हालिएको छ भनेर हेर्नुभयो भने गहुँको पिठो, खाने तेल, आयोडाईज नुन, गहुँको ग्लुटिन, मिनिरल साल्ट, रेजिंग एजेन्ट, सोय सस, आर्टिफिसियल चिकेन फ्लेवर, ब्ल्याक पेपर, फलेभर ईनहेन्सर, थिक्नर, अनियन, मिनिरल्स आदि भनेको देख्नु हुन्छ । त्यस्तै सिजनिंग अन्तर्गत फेरी आयोडाईज नुन, गार्लिक, माल्टोडेक्सट्रिन, व्हाईट पेपर, चिप्स र चिनी आदि छ भनि दाबा गरेको भेट्नु हुन्छ। ७५ ग्रामको प्याकेटमा १४–१५ ग्राम फ्याट जसमा आधा जति सेचुरेटेड खराब फ्याट भेट्नु हुन्छ । ९५० मिलिग्राम जति नुन नै हुन्छ । ४७ ग्राम कार्बाेहाइड्रेट र ७–८ ग्राम प्रोटिन हुने लेखिएको देख्नुहुन्छ ।

चाउचाउ बनाउन प्रयोग हुने गहुँको पिठो अत्यधिक प्रशोधित पिठो वा मैदा हुने गर्छ । त्यस्ता खानाहरूमा न कुनै भिटामिन, खनिज पदार्थ वा प्रोटिन नै हुने गर्छ । परम्परागत रूपमा क्यालोरी फुड भनिँदै आएको यो पिठो शरीरमा कुपोषण निम्त्याउने पिठो हो । किनकी अत्याधिक प्रशोधित पिठोले शरीरमा चिनीको रूपमा काम गर्दछ । बच्चामा अस्वोभाविक तौल वृद्धि गराउने, शरीरलाई अस्वोभाविक रूपमा फोक्से बनाउने र रगतमा चिनीको उच्च असन्तुलन गर्न प्रेरित गरिदिने जस्ता विकृति थपि दिन्छ ।

नूडल्स क्रुम क्रुम हुने सम्म तेलमा तारेर प्रशोधन गर्दा यो मिठो पनि हुने र लामो शेल्फ लाइफ पनि प्राप्त गर्ने त हुन्छ । तर यसमा भएका धेरैजसो तेलहरू दुर्भाग्यवश ट्रान्स फ्याटमा परिवर्तन भइदिने हुँदा तेल खराब बन्दछ जसले साना बच्चाहरूको शरीरमा अनावश्यक तौल पैदा गर्ने र हार्ट एटेकको सम्भावना बढाई दिने काम गर्छ ।

ईन्स्ट्यान्ट नूडल्स बनाउने क्रममा मैन लेपन गर्ने गरिन्छ । मैनले चाउचाउको बनावट राम्रो राख्न मद्दत गर्दछ । तर बच्चाहरूको लागि भने मैन लेपन हानिकारक हुन सक्दछ, किनकि मैन लेपित नूडल्सको नियमित सेवन गरेका बच्चा हरूको कलेजो बिग्रने गरेको भेटिएको छ । नूडल्स हत्तपत्त ओसिलो नबनोस भनी प्रोपिलिन ग्लाइकोल छर्कने गरिन्छ । विशेष गरी बच्चाहरूको मुटु, कलेजो र मिर्गाैलामा धेरै छिटो प्रोपेलीन ग्लाइकोल संकलन हुने र अङ्गहरूलाई हानी गर्न सक्दछ ।

फलेभर ईनहेन्सरको नाममा नेपालमा चाउचाउमा निकै धेरै एमएसजी वा मोनो सोडियम ग्लूटामेट हालिएको भेटिन्छ । एमएसजीले स्वाद बढाउने काम गर्दछ । धेरै एमएसजी खाएका बच्चाहरूमा दिमागको विकासमा विविध कमजोरीहरू हुने भेटिएको छ । चाउचाउ उत्पादकले चाउचाउको एक्स्पाएर मिति लम्ब्याउन धेरै नुन हाल्ने गर्छन् । यसमा रहेको धेरै सोडियम कन्टेन्टले बच्चाको मुटु, कलेजो र मिर्गाैलामा क्षति पु¥याएको पाइन्छ ।

कतिपय चाउचाउको प्याकेजिंग कपमा अत्यन्त हानिकारक केमिकल डायोक्सिन र प्लास्टिकमा प्लास्टिसाइजरहरूसमेत भेटिएको अवस्था छ । यस्ता केमिकलहरू जब पानीको सम्पर्कमा आउँछन् खानामा मिसिने र मानिसमा क्यान्सर जस्ता घातक रोग निम्त्याउन पर्याप्त मानिन्छन् ।

समग्रमा नेपाली जनसमुदायमा विशेष गरी भिटामिन ए, फलाम, फोलिक एसिड, आयोडिन, जिंक, रक्ताल्पता आदि धेरै माइक्रोन्यूट्रिएन्ट डिफीसियन्सी चिन्ताजनक रूपमै विद्यमान छ । जसको कारण समेत जानकारीमा रहेकाले कुपोषण ग्रस्त नेपाली समुदायले परम्परागत रूपमा खाँदै आएको मुख्य खाना जस्तै गहुँ, चामल, फापर, कोदो वा तिनको पीठो तिनको स्वाद र स्थानीय रूपमा भइरहेको खपत वा खाद्य पदार्थको आपूर्तिलाई कुनै असर नहुने गरी फोर्टिफाइड रूपमा आपूर्तिको जरुरी छ ।

विकल्पमा चाउचाउ जस्ता जंक फुड जुन आफै नेपालको समग्र कुपोषणको मूल कारक बनीरहेको छ र नेपालमा भयावह रूपमै स्वस्थ विकृति भित्र्याई रहेको छ त्यो कुपोषण मुक्त नेपाल बनाउने एजेन्ट रहने कुरा कल्पनासम्म गर्नु पनि बेकार हुनेछ ।

(क्यानडा निवासी लेखक घिमिरे खाद्य वैज्ञानिक हुन् ।)

वि.सं.२०७६ पुस २५ शुक्रवार ०९:३१ मा प्रकाशित

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत दृष्टिकोण एउटा समस्या समाधान गर्ने विधि हो जसले व्यक्तिगत...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...