back
CTIZAN AD

दक्षिण अफ्रिकी सेनाको विमानमा आगलागी, सबै यात्रुको सकुशल उद्धार

वि.सं.२०७६ पुस २५ शुक्रवार

693 

shares

२५, पुस, गोमा । पूर्वी डीआर कङ्गोे शहर गोमामा बिहीबार अवतरण गर्ने क्रममा ६७ यात्रुसहित रहेको दक्षिण अफ्रिकी सेनाको विमानमा आगलागी भएको छ ।

विमानमा कुनै हताहत भने नभएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । प्रजातान्त्रिक जनगणतन्त्र कङ्गोको बेनीबाट गोमाका लागि उडान गर्दै थियो ।

अवतरणका क्रममा बायाँ इन्जिनमा आगलागी भएपछि विमानस्थलमा तयारी अवस्थामा रहेका दमकलले आगलागीलाई तत्काल नियन्त्रणमा लिन सफल भएको राष्ट्रसङ्घको कङ्गोस्थित सहायता समूहले बताएको छ ।

कङ्गोस्थित राष्ट्रसङ्घीय समूहले भन्यो, “विमानमा चालकदलका आठ सदस्य र ५९ यात्रीहरू थिए । सबै जनालाई सुरक्षित विमानबाट बाहिर निकालिएको छ । कसैलाई पनि ठूलो चोटपटक लागेको छैन ।”विमानमा आगलागी भएपछि केही समय विमानस्थलमा सेवा अवरूद्ध भएको भए पनि धावन मार्ग पुनः सञ्चालनमा आएको छ ।

द्वन्द्वग्रस्त उत्तरी किवु प्रान्तको बेनीमा तैनाथ दक्षिण अफ्रिकी शान्ति सेनाको सहयोगका लागि सेवा दिँदै आएको विमानमा सामान्य क्षति भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त सैनिक विमान तत्कालीन सोभियत सङ्घमा निर्मित आन्टोनोभ हो ।

वि.सं.२०७६ पुस २५ शुक्रवार ०९:२३ मा प्रकाशित

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...