back
CTIZAN AD

काठमाडौँका नामी अस्पतालमा विदेशी पर्यटकमाथि लुट ! हेर्नुहोस् पत्रपत्रिकाको समाचार

वि.सं.२०७६ पुस २७ आइतवार

723 

shares

२७ पुस, काठमाडौँ । आज २०७६ साल पुस २७ गते आइतबार । काठमाडौँबाट प्रकाशित विभिन्न प्रत्रिकाहरुले सभामुख चयनका विषयमा रहेर लेखेको समाचारलाई आज प्रायः पत्रपत्रिकाले प्राथमिकताकासाथ  मुख्य पृष्ठमा छापेका छन् ।

नयाँ पत्रिका दैनिकको मूख्य पृष्ठमा काठमाडौँका नामी अस्पतालमा विदेशी पर्यटकमाथि लुट– एउटै बिरामी एकै समयमा एसआइसियू, आइसियू, डिलक्स रुम र स्विट रुममा भर्ना भएको बिल शीर्षकले प्राथमिकता पाएको छ । अर्जुन अधिकारीले लेखेको समाचार हो यो । जसमा काठमाडौँका निजी अस्पतालले विदेशी पर्यटकलाई उपचारका नाममा चरम आर्थिक शोषण गरिरहेको छन् । पर्यटनको गुनासो बढेपछि स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले अध्ययन गरेको थियो । तर, अध्ययन टोलीले दिएको प्रतिवेदनमा सरकारले कुनै कारबाही गरेको छैन । काठमाडौँका ६ ठूला अस्पतालको अनुगमन गर्दा बल्खुस्थित वयोधा अस्पताल, टोखास्थित ग्रान्डी अस्पताल, नर्भिक अस्पताल, सिवेक अस्पात, स्वाकोन अस्पताल र इरा हेल्थ सेन्टर अस्पतालले ‘एउटै शीर्षकमा एकमुष्ट सेवाशुल्क लिँदा ठूलो रकम देखिने हुँदा यसरी सेवा तथा शुल्कहरुलाई विभिन्न शीर्षक –उपशीर्षकमा विभाजन गरी शुल्क लिएको पाइएको छ । त्यस्तै उपसभामुख अडिग शीर्षक ले पनि प्राथमिकता पाएको छ । कर्मचारीलाई बोनस बाँड्ने आयल निगमको निर्णय शीर्षकले पनि प्राथमिकता पाएको छ । अजित अधिकारीले लेखेको समाार हो यो ।

कान्तिपुर दैनिकमा सभामुख चयन अन्योलमै शीर्षकको समाचारले प्राथमिकता पाएको छ । यो समाचार विनु सुवेदीले लेखेकी हुन् । ललिता निवास प्रकरण – मालपोतबाटै मुद्दा कमजोर बनाउने खेल शीर्षकको समाचार पनि छापिएको छ । कृष्ण ज्ञवालीको समाचार हो यो । घाइते बनाएपछि टिपरले किचेर हत्या शीर्षकको समाचार पनि छापिएको छ । यो जनकपुरको समाचार हो । अजित तिवारी र सन्तोष सिंहले लेखेका हुन् ।
अन्नपूर्ण पोस्ट दैनिकमा ‘राजिनामा दिन्नँ’– तुम्बाहाङफे भन्छिन् बैठक मै चलाउँछु शीर्षकले प्राथमिकता पाएको छ । नरेन्द्र साउदको समाचार हो ।
त्यस्तै मनिका झाले लेखेको ‘मेयरले मिचाए रामजानकीको जग्गा ’ शीर्षकको समाचारले पनि प्राथमिकता पाएको छ । त्यस्तै गरी फार्मको लगानी बालुवामा पानी –खर्च १५ करोड, छैनन् गाई शीर्षकमा रवीन्द्र गौतमले लेखेका छन् । दोलखाको समाचार हो यो ।

राजधानी दैनिकमा सन्तोषजनक छैन अधिकांश मन्त्रालयको चौमासिक कार्यप्रगति – राम्रो नतिजा ल्याउन ताकेता गर्दै प्रधानमन्त्री कार्यालय शीर्षकको समाचारले प्राथमिकता पाएको छ ।
त्यस्तै उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिन नेकपाको निर्देशन शीर्षकको समाचारले पनि प्राथमिकता पाएको छ ।

गोरखापत्र दैनिकमा एक अर्ब लगानिमा विकास निर्माण भनेर नगेन्द्र सापकोटाले समाचार लेखेका छन् । त्यस्तै नेपाल –भारत सीमा समस्या , जवाफसँगै वार्ताको तयारी शीर्षकको समाचारले पनि प्राथमिकता पाएको छ उपसभामुखलाई राजीनामा गराउने निर्णय शीर्षकको समाचारले पनि प्राथमिकता पाएको छ ।

नागरिक दैनिकमा खोला रित्याउँदै क्रसर माफिया शीर्षकको समाचारले प्राथमिकता पाइको छ । मिथिलेश यादवले लेखेको यो समाचार धनुषाको हो । त्यस्तै ओलीको अडानले दाहाल अप्ठेरोमा शीर्षकमा टपेन्द्र कार्काीले समाचार लेखेका छन् ।

वि.सं.२०७६ पुस २७ आइतवार ०८:०० मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...