back
CTIZAN AD

सुत्केरी गराउन ल्याएकी महिलाको मृत्यु भएपछि  अस्पतालमा झडप

वि.सं.२०७३ मंसिर २३ बिहीवार

1.1K 

shares

२३ मंसिर, रत्ननगर (चितवन) । चितवन मेडिकल कलेजमा सुत्केरी गराउन ल्याइएकी एक महिलाको मृत्युका विषयमा बुधबार अस्पतालमा झडप भएको छ ।

उपचारका लागि ल्याइएकी चितवनको भरतपुरस्थित कृष्णपुरकी २५ वर्षीया गर्भवती सुनिता गुरुङको उपचारका क्रममा यही मङ्सिर २० गते चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो ।

अस्पतालको लापर्बाहीले मृत्यु भएको भन्दै स्थानीयले चिकित्सकलाई कारबाही र क्षतिपूर्तिको माग गर्र्दै आएका छन् ।

सो विषयमा बुधबार भएको झडपका क्रममा तीन प्रहरी र एक जना बिरामी कुरुवासहित चार जना घाइते भएका छन् । भीड तीव्र भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चार सेल अश्रुग्यास प्रहार गरेको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार झडपका क्रममा भीडको लठ्ठी र ढुङ्गा प्रहारबाट प्रहरी निरीक्षक निरञ्जन भट्टराई, प्रहरी हवल्दार विनोद ठाकुर र प्रहरी जवान विवेक खत्री घाइते भएका हुन् ।

आन्दोलनकारीको ढुङ्गा लागेर बिरामी कुर्न आएका अर्का एक व्यक्तिसमेत घाइते भएको प्रहरीले जनाएको छ । अस्पतालले लापर्बाही गरेर बिरामीको मृत्यु भएको भन्दै आक्रोसित स्थानीयले अस्पतालका चार वटा सिसामा तोडफोडसमेत गरेका छन् ।

सो क्रममा प्रहरीले पाँच जना आन्दोलनकर्तालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । पीडितको मागको विषयमा छलफल र वार्ता हुँदै गर्दा घटना बढेपछि अस्पताल परिसरमा विगत तीन दिनदेखि प्रहरी परिचालन गरिएको छ ।

यसैबीच चितवन मेडिकल कलेजले एक विज्ञप्ति जारी गरी जटिल रोग एक्लामेसिया (छारे रोग जस्तै) लागेकाले अस्पतालको प्रयासका बाबजुद उपचार सफल नभएको जनाएको छ । रासस

वि.सं.२०७३ मंसिर २३ बिहीवार ०३:१२ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

चन्द्रपुर (रौतहट) । रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले...