back
CTIZAN AD

छवर्षे छोराको उपचारका लागि सहयोगको आग्रह

वि.सं.२०७३ मंसिर २३ बिहीवार

975 

shares

२३ मंसिर, काठमाडौँ । काभ्रेको दाप्चा काशिखण्ड नगरपालिका वडा नं ११ स्थायी घर भएका थालेसिमिया (अपुष्ट रक्तकोष) बाट पीडित छवर्षे छोरा मनिष नेपालीको उपचारका लागि सहयोग गरिदिन उनका अभिभावकले आग्रह गर्नुभएको छ ।

बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै मनिषका बुबा रामचन्द्र नेपालीले छोराको उपचारका लागि आफूसँग पैसा नभएकाले आर्थिक सहयोग गरी छोराको जीवनरक्षा गरिदिन आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “मेरो छोरालाई जन्मेदेखि नै थालेसिमिया भएको रहेछ । हाल कान्तिबाल अस्पतालमा सामान्य उपचार गराइरहेको छु । चिकित्सकले आठ वर्षसम्म उपचार नगरे नराम्रो नतिजा आउने बताएका छन् । उपचारका लागि रु ४५ लाख लाग्ने बताएका छन् । त्यति धेरै पैसा मसँग छैन ।”

उहाँले आर्थिक सहयोगका लागि सरकार, सङ्घसंस्था र विदेशमा रहने नेपालीलाई छोराको उपचारका लागि सहयोग गर्नु अनुरोध गर्नुभएको छ ।

बिरामी बालकको बाबुको नाममा सिटिजन बैंकको खाता नम्बर ०५४०००००५१ सिएसमा सहयोग गर्न परिवारले अपिल गरेको छ ।

थालेसिमिया ‘अपुष्ट रक्तकोष’ रगतसम्बन्धी हुने एक प्रकारको अनुवंशीय रोग हो । यो रोग तीन महिनादेखि छ वर्षको बच्चामा देखिने रोग हो । चिकित्सकको भनाइअनुसार यो कसैकसैमा १०÷१२ वर्षका बच्चामा पनि देखिन सक्छ । यो रोग लागेका बिरामीलाई आजीवन रगत दिइरहनुपर्ने हुन्छ ।

यो रोगको भरपर्दो अन्य उपचार नभएकाले बच्चा जन्माउनुपूर्व सावधानी अपनाउनु नै यसको भरपर्दो उपाय हो । नेपाल थालेसिमिया सोसाइटीका अनुसार नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा यो रोग भएको अनुमान छ ।

वि.सं.२०७३ मंसिर २३ बिहीवार ०३:०९ मा प्रकाशित

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...