back
CTIZAN AD

दश वर्षभित्र देशमै रोजगारीको सिर्जना गर्ने उद्योगमन्त्री जोशीको प्रतिबद्धता

वि.सं.२०७३ मंसिर २३ बिहीवार

942 

shares

nabindra-joshi

२३ मंसिर, ललितपुर । उद्योगमन्त्री नवीन्द्रराज जोशीले आगामी १० वर्षभित्र देशका युवाहरूलाई देशभित्रै रोजगारीको सिर्जना गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।

उद्योग मन्त्रालयद्वारा बुधबार आयोजित वार्षिक सयुंक्त समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले विदेशिएका युवाहरूलाई नेपालमै राजेगारीको प्रशस्त सम्भावना रहेको बताउनुभयो । उहाँले देशको ठूलो जनशक्ति युवा जगत विदेसिएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
विदेशमा रोजगारीमा जाने युवाहरूलाई सम्बन्धित कामको दक्ष क्षमता तालिम दिएर पठाउन सकेमा राम्रो परिणाम आउन सक्ने उहाँको विश्वास थियो । उहाँले स्वदेशी पुँजीलाई देशभित्र रहेका उद्योगहरूमा लगानी गर्नु जरुरी रहेको बताउनुभयो ।

मन्त्रालयका सचिव शङ्करप्रसाद कोइरालाले गरिबी निवारण र रोजगारी सिर्जनाका लागि लघु उद्यम विकास कार्यक्रम (मेडेपा) प्रभावकारी बन्दै गइरहेको बताउनुभयो । उक्त कार्यक्रम ग्रामीण क्षेत्रका समुदायलाई लक्षित गरेर सन् १९९८ देखि राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को सहयोगमा सञ्चालन भएको थियो । हाल सो कार्यलाई अस्ट्रेलिया सरकारबाट समेत सहयोग प्राप्त भइरहेको उहाँले बताउनुभयो ।

गरिबीको रेखामुनि रहेका र सामाजिकरुपमा पछाडि पारिएका समूहका व्यक्तिलाई रोजगारी तथा स्वरोजगार प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित मेडेपाले २०७३ भदौसम्ममा ७६ हजार लाभान्वित भएको तथ्याङ्कले देखाएको छ ।

मेडेपाले ९७ हजार ६७३ मानिसलाई दीर्घकालीन रोजगारी सिर्जना गरेको छ । जसमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष रहेको बताइएको छ । हाल देशका ३८ जिल्लामा मेडेपा सञ्चालन भइरहेको छ ।

मेडेपाले सेवामूलक, हस्तकला, कृषि र वन पैदावरमा आधारित कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताइएको छ । जसअनुसार कृषिमा आधारित ५३ हजार ७४१ उद्यमी रहेका छन् । यसबाट प्रत्यक्षरुपमा वार्षिक प्रतिव्यक्तिको आम्दानी रु एक लाख ५८ हजार ६२६ रहेको तथ्याङ्कले देखाएको छ ।

सो अवसरमा मन्त्री जोशीले मन्त्रालयकी सहसचिव एवम् मेडेपाका राष्ट्रिय कार्यक्रम निर्देशक यामकुमारी खतिवडालाई कदरपत्रद्वारा सम्मान गर्नुभएको थियो । यसैगरी मेडेपाका प्रमुख सल्लाहकार लक्षमण पुन र संयुक्त राष्ट्रसङ्घीय कार्यक्रम निर्देशक नवीना श्रेष्ठलाई समेत कदरपत्रबाट सम्मान गरिएको थियो ।

वि.सं.२०७३ मंसिर २३ बिहीवार ०३:०७ मा प्रकाशित

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...