back
CTIZAN AD

कार्यक्रम बिथोल्न खोज्ने पक्राउ, घाइतेको उपचारको माग

वि.सं.२०७३ मंसिर २३ बिहीवार

960 

shares

२३ मंसिर, धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्धारित कार्यक्रमलाई लक्ष्य गरी विरोधमा उत्रेका नेकपा (एमाले) र जनमोर्चाका विद्यार्थीलाई प्रहरीले पक्राउ गरी बुधबार साँझ रिहा गरिदिएको छ ।

विरोध प्रदर्शनका क्रममा प्रहरीले ३९ जनालाई नियन्त्रणमा लिएको र उनीहरूलाई साँझ रिहा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रदर्शनकारीहरूमाथि प्रहरीबाट कुटपिट हुँदा आठजना घाइते भएको दाबी एमालेका जिल्ला अध्यक्ष दीर्घ सोडारीले गर्नुभएको छ ।

यसैबीच, एमाले पार्टी कार्यालयले आजै एक विज्ञप्ति जारी गरी संविधान संशोधन प्रस्तावविरुद्ध कैलालीको सदरमुकाम धनगढीमा भएको शान्तिपूर्ण विरोध कार्यक्रममा सरकारकातर्फबाट बल प्रयोग भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा एमालेलगायतका राजनीतिक दलले आयोजना गरेको विरोध कार्यक्रममा सरकारका तर्फबाट बल प्रयोग गर्दा घाइते भएकाहरूको अविलम्ब उपचार गर्न र गिरफ्तारीमा परेकाहरूलाई अविलम्ब रिहा गर्न माग पनि गरिएको छ ।

वि.सं.२०७३ मंसिर २३ बिहीवार ०३:०२ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...