back

इँटाभट्टाका काममा बालबालिकालाई नलगाउन निर्देशन

वि.सं.२०७३ मंसिर २३ बिहीवार

288 

shares
NTC AD
Global IME AD

२३ मंसिर, भक्तपुर । भक्तपुरका प्रजिअ एवम् जिल्ला बालकल्याण समितिका अध्यक्ष तेजप्रसाद पौडेलले इँटाभट्टाका काममा बालबालिकालाई नलगाउन व्यवसायीलाई निर्देशन दिनुभएको छ ।

उहाँले बालबालिकालाई श्रममा लगाएको पाइए कानुनबमोजिम त्यस्ता व्यवसायीलाई कारबाही गर्ने चेतावनीसमेत दिनुभयो ।

जिल्ला बालकल्याण समिति र व्यवसायीबीच विहिबार सम्पन्न छलफलमा प्रजिअ पौडेलले इँटाभट्टामा बाबुआमासँग नआएका बालबालिकालाई प्रवेशमै रोक लगाउन व्यवसायीलाई निर्देशन दिनुभयो ।

उहाँले अभिभावकविहीन बालबालिका बालमजदुरका रुपमा इँटाभट्टामा काम गर्न आए त्यस्ता बालबालिकाका लागि उचित संरक्षणको छुट्टै व्यवस्था समेत गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा भक्तपुर इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष नातिभाइ ह्योम्बाले इँटाभट्टामा सञ्चालित भट्टी पसलको अनुगमन गरी बन्द गर्न प्रशासनको ध्यान आकर्षण गर्नुभयो ।

उहाँले बालबालिकालाई श्रममा लगाउने व्यवसायीको कुनै योजना नरहेको र अभिभावकसँगै आउने बालबालिकाको उचित शिक्षादीक्षाका लागि उद्योग आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

महिला विकास अधिकारी नीलाकुमारी घिमिरेले छ महिनाभन्दा कम अवधिका सुत्केरीलाई इँटा बनाउने र बोक्ने जस्ता जोखिमयुक्त कार्यमा नलगाउन आग्रह गर्नुभयो ।

वि.सं.२०७३ मंसिर २३ बिहीवार ०३:०१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन्...

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली...

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...