back
CTIZAN AD

इँटाभट्टाका काममा बालबालिकालाई नलगाउन निर्देशन

वि.सं.२०७३ मंसिर २३ बिहीवार

888 

shares

२३ मंसिर, भक्तपुर । भक्तपुरका प्रजिअ एवम् जिल्ला बालकल्याण समितिका अध्यक्ष तेजप्रसाद पौडेलले इँटाभट्टाका काममा बालबालिकालाई नलगाउन व्यवसायीलाई निर्देशन दिनुभएको छ ।

उहाँले बालबालिकालाई श्रममा लगाएको पाइए कानुनबमोजिम त्यस्ता व्यवसायीलाई कारबाही गर्ने चेतावनीसमेत दिनुभयो ।

जिल्ला बालकल्याण समिति र व्यवसायीबीच विहिबार सम्पन्न छलफलमा प्रजिअ पौडेलले इँटाभट्टामा बाबुआमासँग नआएका बालबालिकालाई प्रवेशमै रोक लगाउन व्यवसायीलाई निर्देशन दिनुभयो ।

उहाँले अभिभावकविहीन बालबालिका बालमजदुरका रुपमा इँटाभट्टामा काम गर्न आए त्यस्ता बालबालिकाका लागि उचित संरक्षणको छुट्टै व्यवस्था समेत गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा भक्तपुर इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष नातिभाइ ह्योम्बाले इँटाभट्टामा सञ्चालित भट्टी पसलको अनुगमन गरी बन्द गर्न प्रशासनको ध्यान आकर्षण गर्नुभयो ।

उहाँले बालबालिकालाई श्रममा लगाउने व्यवसायीको कुनै योजना नरहेको र अभिभावकसँगै आउने बालबालिकाको उचित शिक्षादीक्षाका लागि उद्योग आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

महिला विकास अधिकारी नीलाकुमारी घिमिरेले छ महिनाभन्दा कम अवधिका सुत्केरीलाई इँटा बनाउने र बोक्ने जस्ता जोखिमयुक्त कार्यमा नलगाउन आग्रह गर्नुभयो ।

वि.सं.२०७३ मंसिर २३ बिहीवार ०३:०१ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...