back
CTIZAN AD

तात्यो सेयर बजार, एकै दिनमा १ अर्ब ७० करोड कारोबार

वि.सं.२०७६ पुस २८ सोमवार

669 

shares

२८ पुस, काठमाडौँ । सेयर बजारमा एकाएक खरिदबिक्री रकमले नयाँ हलचल पैदा गरेको छ । दैनिक २० करोडभन्दा तल झरेको सेयर कारोबार रकममा केही दिनमै सुधार हुँदै सोमबार १ अर्ब ७० करोड रुपैयाँ माथि आइपुगेको छ ।

बजारमा यसरी पैसा आउँदा आम लगानीकर्ता आश्चर्य चकित भएका छन् । वर्षौदेखि निराश बनेका आम लगानीकर्तालाई यसले नयाँ उत्साह पैदा गराइदिएको छ । बजारमा धैर्य गर्न सक्यो भने एकपटक पालो आउँछ भन्ने सन्देश पनि यसले दिएको छ ।

साथै, घटबढ बजारको सामान्य नियम हो । बढ्दा पनि निरन्तर माथि जाने होइन अनि घटेका बेला पनि सधैं तलमात्रै झर्छ भन्ने मानसिकता लिन हुँदैन भन्ने सन्देश समेत यसले दिएको छ । सामान्य अवस्थामा अफसिजन मानिने पुसमा सेयर बजारमा देखिएको यो उत्साहले बजारको सकारात्मक भविष्यको संकेत गर्छ । यद्दपि, बढेका बेला आत्तिने र मात्तिने भन्दा पनि सुक्ष्म रुपमा कम्पनीहरुको अवलोकन, मूल्य अवस्था, नाफा लगायतका पक्षलाई ध्यान दिन आवश्यक हुन्छ ।

४२ महिनादेखि वियरिस प्रवृत्तिमा रहेको हाम्रो बजार गत वर्ष चैतदेखि केही सुधार भएको थियो । तर बजेटपछि बजारले फेरि ओरालो यात्रा सुरु गर्यो । त्यसपछि निरन्तर घटेको बजारले अहिले पुसमा आएर मात्र सकारात्मक मोड लिएको हो । बैंकिङ प्रणालीमा अधिक तरलता हुनु, ब्याजदर घट्ने क्रम विस्तारै सुरु हुनु अनि सूचीकृत कम्पनीहरुले दोस्रो त्रैमासमा पनि नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गर्ने अपेक्षा गरिनु लगायतका कारण सेयर बजार माथि लागेको हो ।

करिब ४२ महिनाको वियरिस यात्रा गरेको बजारमा बुल रनको अवधि पनि निकै लामो हुने अनुमान छ । यसबीचमा बजार तलमाथि गर्दै अघि बढ्ने विश्वास गर्न सकिन्छ । बजारले सरकारको नीतिनियम पुँजी बजारमैत्री हुनुपर्छ । प्रविधिको विकास, ग्रामीण क्षेत्रसम्म सेयर बजारको पहुँच, वित्तीय साक्षरता प्रवद्र्धन लगायतका काम गरेर सेयर बजारलाई दिगो रुपमा अघि बढाउन सकिन्छ ।

सोमबार बजार मापक नेप्से सूचकमा भने निकै उतारचढाव आयो । बीचबीचमा सूचक तलमाथि गरिरहे पनि खरिदबिक्रीमा भने निरन्तर उत्साह देखिएको थियो । कारोबारको अन्तिम प्रहरतिर माइक्रोफाइनान्स र बिमा कम्पनीहरुमा केही बिक्री चाप बढेको छ । वाणिज्य र विकास बैंक समूह भने सोमबार पनि सबल देखिएका छन् । यस दिन लगानीकर्ताहरु हाइड्रोपावर समूहमा समेत आकर्षित भएका छन् । सानिमा माई हाइड्रपावर कम्पनीको १०५ ले भाउ बढेर सर्किट ब्रेकर समेत लागेको छ । सस्तो भएपछि लगानीकर्ता त्यतातिर पनि झुम्मिएको अनुमान छ ।

नेप्से सूचक सोमबार १५.१४ अंकले बढेर १२७०.८६ विन्दुमा आइपुगेको छ । १८३ कम्पनीको १ अर्ब ७० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ५५ लाख १८ हजार ६३६ कित्ता सेयर खरिदबिक्री भएका छन् । १२ समूहको कारोबार भएकामा १० समूहको सूचक माथि लागेको छ । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक ५२।०७ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक पनि १४.८१ अंकले माथि लागेको छ ।

कारोबार रकममा नेपाल टेलिकम अग्रस्थानमा छ । यसको ६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रो र तेस्रोमा नेपाल लाइफ इन्सुरेन्स र एनआइसी एसिया बैंक परेका छन् । यस दिन घोडिघोडा लघुवित्त र सानिमा माई हाइड्रोपावरको सेयर भाउ १०५ ले बढेर सर्किट ब्रेकर लागेको छ । सबैभन्दा धेरै सिभिल लघुवित्तको भाउ ५.९८५ ले घटेको छ ।

वि.सं.२०७६ पुस २८ सोमवार १६:०३ मा प्रकाशित

मेरियट होटलद्वारा सरकारी विद्यालयलाई विज्ञान प्रयोगशाला र शैक्षिक सामग्री सहयोग

मेरियट होटलद्वारा सरकारी विद्यालयलाई विज्ञान प्रयोगशाला र शैक्षिक सामग्री सहयोग

काठमाडौँ । समुदायप्रति उत्तरदायी बन्दै एभरेष्ट हस्पिटालिटी एण्ड होटल लिमिटेड...

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

काठमाडौँ । नेपाल बैंक लिमिटेड र बि एण्ड बि हस्पिटल...

अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा उद्योगमन्त्रीसँग छलफल

अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा उद्योगमन्त्रीसँग छलफल

काठमाडौँ । मंगलवार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

गण्डकी । प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि...