back

स्याङजा सहयोग समाज जापानद्धारा मृतकको परिवारलाई रु नौ लाख सहयोग

वि.सं.२०७३ मंसिर २३ बिहीवार

681 

shares
IME Limited
NTC AD

२३ मङ्सिर, वालिङ । रोजगारीको सिलसिलामा जापानमा ज्यान गुमाएका युवकको परिवारलाई स्याङ्जा सहयोग समाज जापानले आर्थिक सहयोग गरेको छ । संस्थाले स्याङ्जाको अर्जुनचौपारी–९ केवरेका दीपक केसीकी आमा कौशिला केसीलाई बुधबार रु आठ लाख ९० हजार सहयोग गरेको हो ।

“रोजगारीका लागि केसी जापान पुग्नुभएको ६ महिनामै निधन भएपछि हामी स्याङ्जावासीलाई दुःखी बनायो”, स्याङ्जा जापान सहयोग समाजका उपाध्यक्ष सागरमणि भण्डारीले भन्नुभयो ।

“विशेषगरी स्याङ्जाबाट रोजगारीको सिलसिलामा जापानमा रहेका सहयोगी मनसँग समाजको अगुवाइमा रकम सङ्कलन अभियान सञ्चालन गरेका हौँ,” उहाँले भन्नुभयो । २७ वर्षीय केसीको जापान गएको ६ महिनामै गएको असोजमा हृदयाघातका कारण निधन भएको थियो । रासस

वि.सं.२०७३ मंसिर २३ बिहीवार ०३:२८ मा प्रकाशित

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले कार्यपालिका बैठक बोलाएका...

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

दमौली । यहाँको शुक्लागण्डकी नगरपालिका–११ को वडा कार्यालयमा विद्युत् चुहिएर...

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व सङ्कलन

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व सङ्कलन

तानसेन । जिल्ला ट्राफिक कार्यालयले नियमविपरीत सवारी साधन चलाएका ५९...

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

वीरगञ्ज । पौडी सिक्न गएका यहाँका एक बालकको डुबेर मृत्यु...