back
CTIZAN AD

विदेशीले गरे सडक र पार्क सरसफाइ

वि.सं.२०७३ मंसिर २३ बिहीवार

1.2K 

shares

२३ मङ्सिर, लमजुङ, बेसीसहर । भ्रमण तथा अध्ययनको सिलसिलामा आएका विदेशी पर्यटकले यहाँको सडक र पार्कमा सरसफाइ गरेका छन् ।

बेसीसहर नगरपालिकासँग समन्वय गरी विदेशी २२ जनाको समूहले बेसीसहरको सडक र दनाइफाँटमा रहेको कर्पुरेश्वर पार्कमा सरसफाइ गरेका हुन् । अमेरिकाको वासिङ्टनस्थित वल्र्ड क्लास एकेडेमीमा अध्ययनरत २२ जना विदेशी युवा ब्यानरसहित सडक र पार्क सरसफाइमा जुटे । उनीहरुले दिउँसोको नियमित अध्ययनलाई छोट्याएर साँझको समयमा सरसफाइ गरेका हुन् ।

बेसीसहर नगरपालिकाका कार्यक्रम अधिकृत सन्तोष दनाईंका अनुसार विदेशी युवाले पार्कसम्म पुग्ने सडक सरसफाइ गर्नुका साथै पार्कमा लगाइएका बिरुवा गोडमेल गरेका थिए । उनीहरुले राखेको ब्यानरमा ‘घरबाट निस्कने फोहोरलाई मोहोरमा बदलौँ, बेसीसहर नगरपालिकालाई वातावरणमैत्री नगर बनाउँ’ भन्ने नारा लेखिएको थियो ।

विदेशी पर्यटकको समूह हातमा कुचो, झाडु लिएर सडकमा निस्किएको देखेपछि स्थानीयवासी चकित भएका थिए । केही स्थानीयवासीले उनीहरुसँगै सरसफाइमा पनि साथ दिएका थिए । नगर सरसफाइ कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत धर्म लम्सालसहित नगरपालिकाका कर्मचारीको पनि सहभागिता थियो ।

नियमित अध्ययनसँगै विद्यार्थीले केही दिनयता खुदीदेखि बेसीसहरसम्मको दूरीमा मस्र्याङ्दी नदीमा कायाकिङ ९डुंगा शयर० पनि गर्दै आएका छन् । अध्ययन र भ्रमणका लागि एक साताअघि लमजुङ आएका उनीहरु अझै एक साता यहीँ रहने बताएका छन् । रासस

वि.सं.२०७३ मंसिर २३ बिहीवार ०३:२६ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

चन्द्रपुर (रौतहट) । रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले...