back

विदेशीले गरे सडक र पार्क सरसफाइ

वि.सं.२०७३ मंसिर २३ बिहीवार

756 

shares
GLOBAL IME AD
NTC AD

२३ मङ्सिर, लमजुङ, बेसीसहर । भ्रमण तथा अध्ययनको सिलसिलामा आएका विदेशी पर्यटकले यहाँको सडक र पार्कमा सरसफाइ गरेका छन् ।

बेसीसहर नगरपालिकासँग समन्वय गरी विदेशी २२ जनाको समूहले बेसीसहरको सडक र दनाइफाँटमा रहेको कर्पुरेश्वर पार्कमा सरसफाइ गरेका हुन् । अमेरिकाको वासिङ्टनस्थित वल्र्ड क्लास एकेडेमीमा अध्ययनरत २२ जना विदेशी युवा ब्यानरसहित सडक र पार्क सरसफाइमा जुटे । उनीहरुले दिउँसोको नियमित अध्ययनलाई छोट्याएर साँझको समयमा सरसफाइ गरेका हुन् ।

बेसीसहर नगरपालिकाका कार्यक्रम अधिकृत सन्तोष दनाईंका अनुसार विदेशी युवाले पार्कसम्म पुग्ने सडक सरसफाइ गर्नुका साथै पार्कमा लगाइएका बिरुवा गोडमेल गरेका थिए । उनीहरुले राखेको ब्यानरमा ‘घरबाट निस्कने फोहोरलाई मोहोरमा बदलौँ, बेसीसहर नगरपालिकालाई वातावरणमैत्री नगर बनाउँ’ भन्ने नारा लेखिएको थियो ।

विदेशी पर्यटकको समूह हातमा कुचो, झाडु लिएर सडकमा निस्किएको देखेपछि स्थानीयवासी चकित भएका थिए । केही स्थानीयवासीले उनीहरुसँगै सरसफाइमा पनि साथ दिएका थिए । नगर सरसफाइ कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत धर्म लम्सालसहित नगरपालिकाका कर्मचारीको पनि सहभागिता थियो ।

नियमित अध्ययनसँगै विद्यार्थीले केही दिनयता खुदीदेखि बेसीसहरसम्मको दूरीमा मस्र्याङ्दी नदीमा कायाकिङ ९डुंगा शयर० पनि गर्दै आएका छन् । अध्ययन र भ्रमणका लागि एक साताअघि लमजुङ आएका उनीहरु अझै एक साता यहीँ रहने बताएका छन् । रासस

वि.सं.२०७३ मंसिर २३ बिहीवार ०३:२६ मा प्रकाशित

भ्रष्टाचारविरुद्ध अभियान आवश्यक : नारायणकाजी श्रेष्ठ

भ्रष्टाचारविरुद्ध अभियान आवश्यक : नारायणकाजी श्रेष्ठ

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं...

आजको मौसम : पहाडी भू भागमा आंशिक बदली हुने पूर्वानुमान

आजको मौसम : पहाडी भू भागमा आंशिक बदली हुने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको...

बाढीले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

बाढीले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको...

जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सिटिइभिटी

जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सिटिइभिटी

चितवन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले ‘एसइई’मा...

देवचुली पर्यटन पदमार्गको सम्भाव्यता अध्ययन कार्यको शुरुवात

देवचुली पर्यटन पदमार्गको सम्भाव्यता अध्ययन कार्यको शुरुवात

काठमाडौँ । देवचुली नगरको दिर्घकालिन पर्यटन विकास गर्ने उद्देश्यका साथ...

तीन हजारभन्दा बढीले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

तीन हजारभन्दा बढीले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य ह्वात्तै घट्ेको छ...