१ माघ, काठमाण्डौं । राजनीतिक आडमा क्रसर तथा खानी उद्योगले गरेको खोलानाको दोहन तथा सर्वसाधारणको ज्यानै लिने गरेर उनीहरुले समाजमा फैलाएको आतंकले अहिले सर्वसाधारणको जीवन समस्यामा परेका घटनाहरु बाहिरीरहेका छन् ।
तर, यस्ता उद्योगमा सिडयो र प्रहरीले नै आफन्तको नाममा लगानी गरेको समाचार बुधबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।
कतिपय जिल्लामा सिडियो र प्रहरी अधिकारीहरुले अफन्तको नाममा क्रसर र खानीमा सेयर लिएका छन् । आफूले सेयर पाएकै बालुवाखानीकै बारेमा बुझ्न जाँदा डिआइजी शुसील भण्डारी चढेको गाडी एकवर्ष अघि मण्डन–देउपुरमा दुर्घटनाग्रस्त भयो । जहाँ उनको निधन समेत भयो । त्यस्तै डिएसपी सुकदेव खनाल काभ्रेमा रहँदा बेथानचोकस्थित एक क्रसर उद्योगमा श्रीमतीको नाममा सेयर लिएका थिए ।
उता गत वर्ष गोरखामा बालुवा खानी तथा क्रसरकै कारण एसपी र सिडियोबीच विवाद भयो ।
खासमा खानी तथा क्रसर उद्योगबाट प्राप्त आम्दानी बाँडफाँडमा उनीहरुबीच भएको विवाद बाहिर आएको थियो । सिडियो नारायणप्रसाद भट्टराईले खानी सञ्चालकलाई सरंक्षण गरेको आरोप एसपी बिमल वस्नेतको थियो । सोहि विवाद चर्किएपछि दुईजनालाई गृहमन्त्रालयले सरुवा गरेको थियो । त्यपसछि पनि गोरखामा एक दर्जन खानीहरु अबैद्य रुपमा सञ्चालन भइरहेका छन् ।
वि.सं.२०७६ माघ १ बुधवार ०९:०९ मा प्रकाशित






























