१ माघ, काठमाण्डौं । रुखो बोलीको यातायात मजदुर त्यसमाथि यात्रुको लुगा मैलो हुने फोहोर र कपडै च्यात्ने थोत्रा सिटहरु काठमाण्डौं उपत्यकामा गुड्ने कतिपय सार्वजनिक सवारी साधनमा देखिने यी ज्वलन्त उदाहरण हुन् ।
त्यति मात्र होइन, भाडा उठाउनकै लागि यात्रुलाई कोचाकोच गरिन्छ । ट्राफिक प्रहरी प्रमुख भीम ढकाल यसमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दछन् । तर कति सम्भव होला ? यति मात्र सार्वजनिक सवारीको समस्या होइन । कतिपय सार्वजनिक सवारीमा उडुसकै आतंक भएको यात्रु बताउँछन् ।
उडुस नै घर पुग्ने गरी सर्छन् । जुम्रा, उपिया नहुन्ने कुरै भएन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एक अधिकारी भन्छन् ‘अनुगमनका क्रममा सिटहरु ठुस्स गन्हाउने भेटियो । उडुस भेटिएको यात्रु नै बताउछन् । धेरै सवारीका भाचिएका, थोत्रा, र मैलो सिट पनि भेटिए । बुधबारको गोरखापत्र दैनिकबाट
वि.सं.२०७६ माघ १ बुधवार ०८:५६ मा प्रकाशित






























