१ माघ, काठमाण्डौं । अब विभिन्न क्षेत्रका व्यवसायीक संस्थाहरुले युट्युव, फेसबुक, ट्विटर लगायतका नेपाली माझ चर्चित सामाजिक संजालहरुमा अफ्नो व्यवसायिक विज्ञापन गर्दा बैंकिङ प्रणालीबाट मात्रै गर्न पाइने भएको छ ।
यस्ता सन्जालबाट विदेशीने रकमले राजस्वमा असर पारेको भन्दै नेपाल राष्ट्रबैंकले यसलाई बैद्यानिक बनाउन सुरु गरेको हो ।
सामाजिक सन्जालबाट हुने कारोबारलाई पारदर्शी र निश्चित प्रणालीमा आवद्ध गराउने उद्धेश्यले यस्तो प्रक्रिया अघि बढाईको राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले बताएका छन् ।
अहिले खासगरी फेसबुकबाट पेज ‘स्पोन्सर’ का नाममा रकम विदेशीने गरेको छ । त्यस्तै युट्युवमा पनि छोटो समयको विज्ञापनबापत नेपालीबाट पैसा विदेशीने गर्दछ । त्यतिमात्र होइन युट्युवबाटै पनि नेपालमा आम्दानी गर्ने प्रचलन बढ्दो छ । जुन आम्दानी बापत सरकारलाई नियम अनुसार बुझाउनुपर्ने कर पनि प्राप्त छैन ।
वि.सं.२०७६ माघ १ बुधवार ०८:४४ मा प्रकाशित






























