१ माघ, बेल्जियम । अन्तराष्ट्रिय तामाङ परिषद् (आइटिसी)ITC को प्रथम युरोप क्षेत्रीय सम्मेलन बेल्जियमा हुने भएको छ ।
युरोपियन मुलुकहरू बेलायत, बेल्जियम, आइरल्यान्ड, जर्मन पोर्तूगल, स्विट्जरल्यान्ड, नेदरल्यान्ड, डेनमार्क, स्पेन र इजरायलबाट समेत प्रतिनिधिहरुको सहभागिता रहने उक्त सम्मेलन बेल्जियमको ब्रसेल्समा ७ फेब्रअरीका दिन हुने भएको छ ।
त्यस्तै तामाङ समुदायको सांस्कृतिक राष्ट्रिय महान पर्ब २८५६ सोनाम ल्होछार जिवा ल्हो (मुसा बर्ग) यही फेब्रअरीको ८ तारिख शनिबारका दिन आन्तोरपेनमा हुने पनि तामाङ समाजले जनाएको छ ।
बरिष्ठ गायक चन्द्र कुमार दोङ (नेपालबाट) र स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिका साथ भब्य र सभ्यरुपमा मनाउन लागिएको उक्त कार्यक्रममा बेल्जियमबासी सम्पूर्ण तामाङ दाजुभाई तथा दिदिबहिनीहरुलाई उपस्थित भइदिन समेत तामाङ समाज बेल्जियमका अध्यक्ष राम लामा र महासचिव चन्द्र ब्लोनले अनुरोध गरेका छन् ।
१-कार्यक्रम-युरोप क्षेत्रीय सम्मेलन
मिति : ७ फेब्रअरी शुक्रबार २०२०
समय-दिनको २ बजे
स्थान : waterloolaan 103, 1000 brussels
२-कार्यक्रम-ल्होछार जिवा ल्हो
स्थानः
Hendrik Kuijpersstraat 49,
2640 Mortsel, Antwerpen
मिति : फेब्रअरी ८ शनिवार २०२०
समय : साँझ ४ बजे बजे
वि.सं.२०७६ माघ १ बुधवार १७:३० मा प्रकाशित






























