back
CTIZAN AD

प्राकृतिक विपत्तिबाट जोगिन आवश्यक सजगताका लागि प्रधानमन्त्रीद्वारा आह्वान

वि.सं.२०७६ माघ २ बिहीवार

678 

shares

२ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्ति तथा भूकम्पबाट हुन सक्ने क्षतिबाट जोगिनका लागि आवश्यक सजगता अपनाउन आह्वान गरेका छन् ।

बाइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा प्रधानमन्त्री ओलीले आज सन्देश दिँदै भूकम्पको जोखिममा रहेको नेपालजस्तो भूभागमा प्राकृतिक विपद्ले हुन सक्ने जनधनको क्षतिबाट जोगिन भूकम्प सुरक्षा दिवसले नेपाली सबैलाई त्यसको सामना गर्दै बच्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

“हामीले राज्य संरचनाका अङ्गहरुमा मात्र विपद् व्यवस्थापनका पक्षलाई सबल बनाएर मात्र पुग्दैन, समाजको जीवन पद्धतिलाई नै विपद् व्यवस्थापनको तयारी र त्यससँग जुध्न सक्ने बनाउन जरुरी छ, त्यसका लागि हामीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन पारित गरेका छौँ”, प्रधानमन्त्री ओलीद्वारा आज जारी सन्देशमा भनिएको छ ।

उनले २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट पुगेको क्षति र त्यसपछिको पुनःनिर्माणका अनुभव तथा ज्ञानलाई आत्मसात् गर्दै भूकम्पबाट उत्पन्न हुने जोखिम न्यूनीकरणका दिशामा सरकार अग्रसर भएको उल्लेख गर्दै जनसमुदायलाई भूकम्प प्रतिरक्षाका लागि सजग र तत्पर बनाउने तथा त्यसबाट हुने जनधनको क्षतिसम्बन्धी दुखद् अनुभवलाई विस्मृतिमा जान नदिने उद्देश्य रहेको प्रष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले यतिखेर सरकार भूकम्प प्रभावित जनताका सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको र गोरखा भूकम्पबाट पुगेको क्षतिलाई सरकारले पुनःनिर्माण गरी निष्कर्ष नजीक पु¥याएको उल्लेख गरे ।

भूकम्पले ध्वस्त जनताका आवास, ऐतिहासिक तथा पुरातात्विक सम्पदा, सरकारी प्रशासनिक भवन, विद्यालय तथा स्वास्थ्य संस्थाका भवनलाई खण्डहर जमीनबाट उठाएर नवनिर्माणको सुखद् तस्वीरमा बदलेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

“यस तथ्यले हाम्रो पुनःनिर्माण अभियान गन्तव्य नजीकै पुगेको सुसङ्केत गरिरहेको छ”, उनले भने, “भूकम्पपछि ढलेको समाजको मनोबल उठ्ला त भन्ने प्रश्नलाई हामीले कामद्वारा नै सम्बोधन गरिरहेका छौँ र त्यसलाई हामी निकट भविष्यमै सम्पन्न गर्दैछौँ ।”

प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनःनिर्माण मात्रै नभई सरकारले यसबीचमा बारा र पर्सामा आएको हुरी प्रभावित जनताका उजाड बस्ती पाँच महीनामै निर्माण गरी हस्तान्तरण गरेको छ भन्दै प्राकृतिक विपत्तिका बेलामा राज्यका तर्फबाट हामीले अपनाएको लगाव र तत्परतालाई त्यसले प्रतिविम्बन गर्ने विश्वास व्यक्त गरेका छन् ।

सन्देशमा भनिएको छ, “हाम्रा पुरातात्विक सम्पदाहरुको पुनःनिर्माणलाई हामीले परम्परागत मौलिकता कायम राख्दै दिगो तथा भूकम्पबाट अधिकतम सुरक्षित हुने तवरले अघि बढाएका छौँ, जोखिमयुक्त स्थानमा रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्ने प्रबन्ध मिलाएर पुनःनिर्माणको काम सफलतापूर्वक अघि बढाइएको छ ।”

भूकम्प प्रभावित क्षेत्र मात्रै नभएर सिङ्गो मुलुकलाई सुरक्षित र भूकम्पबाट अधिकतम रुपमा सुरक्षित बनाउन सरकारले प्रदेश र स्थानीय तहमा विपद् व्यवस्थापनका लागि आवश्यक जनशक्ति, संरचना र योजना तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गरिरहेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले कुनै पनि प्रकारको विपद्लाई न्यूनीकरण र सामना गर्न पूर्वतयारी कार्यमा विशेष ध्यान दिनैपर्ने बताउँदै त्यसका निम्ति सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा आह्वान गरेका छन् ।

वि.सं.२०७६ माघ २ बिहीवार ०८:३७ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...