२ माघ, काठमाण्डौं । नेपाल र जापानबीच भएको नेपाली कामदार जापान पठाउने सम्झौता अनुसार जापानका लागि नर्सिङ केयरगिभरको परीक्षा सुरु भएको छ ।
बैदेशिक रोजगार विभागले एक सूचना जारी गरेर परीक्षा सुरु भएको जानकारी दिएको छ ।
परीक्षा संचालनको जिम्मा पाएको जापान फाउन्डेशनले विभिन्न मिति तोकेर परीक्षा संचालन सुरु गरेको विभागले जनाएको छ ।
विभागका अनुसार परीक्षा मिति सन् २०२० को जनवरी ७, ८, १४-१६, २८, २९, र मार्च महिनाको ३-५, ९-११, १२, १५-१९ तोकिएको छ ।
जसको परीक्षा शुल्क २५०० रहेको छ ।
जम्मा माग संख्या १००० (जनवरी) र १३०० (मार्च) रहेको पनि विभागद्धारा जारी सूचनामा जनाइएको छ ।

वि.सं.२०७६ माघ २ बिहीवार ०९:१६ मा प्रकाशित






























