back
CTIZAN AD

पुटिनद्वारा कानून सुधारको घोषणा, सहयोगका लागि रुसी प्रधानमन्त्रीद्वारा राजीनामा

वि.सं.२०७६ माघ २ बिहीवार

585 

shares

२ माघ, मस्को ।  राष्ट्रपति भ्लादिमीर पुटिनले वर्तमान संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि रुसका प्रधानमन्त्री दिमित्री मेदभेदेवले बुधबार राजीनामा दिएका छन् ।

रूसी राष्ट्रपतिसँग टेलिभिजनमार्फत भएको सम्बोधनमा मेदभेदेवले नयाँ सुधार प्रस्तावहरूले देशको शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तन गर्ने बताएका छन् ।

सुधार प्रस्तावमा राष्ट्रपतिको सट्टा संसद्लाई प्रधानमन्त्री र वरिष्ठ मन्त्रिपरिषद् सदस्यहरू छनौट गर्ने अधिकार समावेश गरिएको बताइएको छ ।

प्रधानमन्त्रीले भने, “वर्तमान स्वरूपमा रहेको सरकार प्रमुखका हैसियतमा मैले पदबाट राजीनामा गरेको छु । हामीले राष्ट्रपतिलाई सबै आवश्यक कदम चाल्ने सम्भावना प्रदान गर्नुपर्दछ ।” प्रधानमन्त्रीका अनुसार सुधारका आगामी सबै निर्णय राष्ट्रपतिले लिनेछन् ।

उक्त अवसरमा लामो समयदेखि सहयोगी भूमिका खेल्दै आएका मेदभेदेवलाई नयाँ सरकार नबनाएसम्म सरकार प्रमुखको रूपमा काम गरिरहन पुटिनले आग्रह गरेका छन् । “मैले प्रधानमन्त्रीका रूपमा तपाईँले गरेका सबै कुराका लागि तपाईँलाई धन्यवाद दिन चाहन्छु, यस क्रममा उपलब्धि हासिल गरेका नतिजाहरूप्रति आभारी छु,” पुटिनले भने ।

उनले सुरक्षा परिषद्को उप–प्रमुखको पद पनि प्रस्तावित गरेका छन् भने यसको नेतृत्वका लागि मेदभेदेवलाई नै सुझाव दिएका छन् ।

एक हप्ता पहिले पुटिनले संसद्को भूमिका सुदृढ पार्ने रूसको संविधानमा सुधारको प्याकेजमा जनमत सङ्ग्रहको प्रस्ताव गरेका थिए ।

वि.सं.२०७६ माघ २ बिहीवार ०९:२८ मा प्रकाशित

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...