back
CTIZAN AD

निगम (नेपाल एयरलाइन्स) तोकियो भ्रमण वर्षको आधिकारिक वायुसेवा

वि.सं.२०७६ माघ २ बिहीवार

807 

shares

२ माघ, काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा तोकिएको छ ।

निगम र नेपाल भ्रमण सचिवालयबीच भ्रमण वर्ष प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्ने सम्झौता भएको हो । नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने विभिन्न कार्यक्रममा साझेदारी गर्ने सम्बन्धमा सम्झौता भएको निगमले बुधबार विज्ञप्तिमार्फत जनाएको छ ।

निगमका तर्फबाट संस्थागत विभागका निर्देशक अर्चना खड्का र सचिवलायका सदस्य सचिव बच्चुनारायण श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार नेपाल वायुसेवा निगमलाई नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा तोकिएको छ । भ्रमण वर्ष सफल पार्न दुवै संस्थाको वेभसाइटलाई ‘होम पेज’को रुपमा प्रयोग गर्नेछन् ।

नेपाल भ्रमण वर्षका अवसरमा सचिवालयका तर्फबाट प्रकाशित हुने ब्रोसर र म्यागजिनमा निगमको लोगो समावेश गरिनेछ । सचिवालयका तर्फबाट आयोजना गरिने समारोहमा पर्यटन प्रवद्र्धनलाई मद्दत पु¥याउने निगमद्वारा तयार पारिएको भिडियो प्रदर्शन गरिने जनाइएको छ ।

यसका अतिरिक्त निगमको अन्तरराष्ट्रिय उडान भएका मुलुकमा सचिवालयले आयोजना गर्ने समारोहमा निगमलाई सहभागी गराइनेछ । भ्रमण वर्ष सचिवालयले यसअघि टर्किस एयरलाइन्सलाई आधिकारिक वायुसेवा घोषणा गरेको थियो ।

वि.सं.२०७६ माघ २ बिहीवार १०:०९ मा प्रकाशित

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा आगामी जेठ पहिलो साता ‘हनी...

‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

काठमाडौँ । ‘मानवतामा एकताबद्ध’ भन्ने नाराका साथ आज विश्व रेडक्रस...

सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

उपकुलपतिका लागि दरखास्त आह्वान

उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौँ । विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...