back
CTIZAN AD

आठ अर्बको आइपिओ बिक्री गर्दै नेपाल इन्फ्रास्ट्रचर बैंक

वि.सं.२०७६ माघ ३ शुक्रवार

969 

shares

३ माघ, काठमाडौँ । ठूला भौतिक पूर्वाधार निर्माणका लागि आन्तरिक तथा बाह्य लगानी भित्र्याउने लक्ष्यका साथ स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले रु आठ अर्ब बराबरको साधारण शेयर बिक्री गर्ने भएको छ ।

शेयर बिक्री गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा बिहीबार एनआइबिएलएस क्यापिटल र बैंकबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

बैंकले दिएको जानकारी अनुसार प्रति कित्ता रु १०० का दरले कूल आठ करोड कित्ता साधारण शेयर बिक्री गर्न लागिएको हो । आम सर्वसाधारणलाई बिक्री गर्न लागिएको सो साधारण शेयर पछिल्ला दिनमा बिक्री गर्न लागिएको सबैभन्दा ठूलो हो ।

सेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट नायव महाप्रबन्धक विनयनाथ न्यौपाने र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

बैंकको कूल अधिकृत पूँजी रु ४० अर्ब, जारी पूँजी रु २० अर्ब र चुक्ता पूँजी रु १२ अर्ब रहेको छ । सर्वसाधारणलाई साधारण शेयर बिक्री गरेपछि बैंकको चुक्ता पूँजी रु २० अर्ब हुनेछ । बैंकले जलविद्युत्, सौर्य ऊर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका लगानी गर्ने लक्ष्य राखेको छ ।

वि.सं.२०७६ माघ ३ शुक्रवार ०९:३० मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...