back
CTIZAN AD

पूर्वराजाकी छोरीलाई घरखाली गर्न फेरि कडा आदेश

वि.सं.२०७६ माघ ३ शुक्रवार

894 

shares

३ माघ, काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरीको घर खाली गर्न सरकारले आदेश जारी गरेको छ ।

नेपाल सरकार नेपाल ट्रष्टको कार्यालयले एक सूचना मार्फत् ३५ दिन भित्र सम्पूर्ण रुपले घर खाली गर्न आदेश जारी गरेको हो ।

‘नेपाल ट्रष्टको कार्यालय कमलादी काठमाण्डौंबाट जारी भएको काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिका वडा नं १३ बस्ने स्व. राजा श्री ५ महेन्द्र विरविक्रम शाहकी नातिनी, पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी तथा श्री राजबहादुर सिंहकी श्रीमती वर्ष ४१ की प्रेरणा राज्यलक्ष्मी देवी सिंहको नाउँमा जारी गरिएको ३५ दिने सूचना’ नामक आदेश माघ ३ गतेको गोरखापत्रमा समेत प्रकाशित गरिएको छ ।

सर्वोच्च अदालतको मिति २०७३\०९\२१ मा भएको फैसला बमोजिम कामनपा १३ छाृउनीमार्गस्थित सिट नं १०२-११०३-१२ कि.नं २५ को क्षेत्रफल १५-१ रोपनी १ आना र १ दामा अर्थात् ७६६४.६० वर्ग मी जग्गा र चर्चिएको घर कम्पाउण्ड हाल नेपाल ट्रष्टको नाउँमा भैसकेकाले पटक-पटक पत्राचार र सार्वजनिक सूचना जारी गर्दा पनि खालि नगरेको भन्दै कडा आदेश जारी गरेको छ ।

सो फैसला उपर चित्त नबुझेको भन्दै दोहोर्याइ पाउन पूर्व राजपरिवाका तर्फबाट सर्वोच्चमा अनुरोध गरिएको समाचार यसअघि सार्वजनिक भएको थियो । शाहले सो जग्गा आफूलाई दाइजोबाट प्राप्त भएको भन्दै आएकी थिइन् ।

 

वि.सं.२०७६ माघ ३ शुक्रवार ०९:४५ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...