back
CTIZAN AD

यसकारण त्रिशुलीमा श्रीमती र दुई छोरासहित हाम फालेको बताए विनयले

वि.सं.२०७६ माघ ४ शनिवार

759 

shares

४ माघ, काठमाण्डौं । श्रीमती र दुईछोरा सहित त्रिशुलीमा हाम फालेका विनयले त्रिशुलीमा हाम फाल्नुको कारण प्रहरीसमक्ष बताएका छन् ।

मकवानपुर चित्लाङ घरभई २० वर्षदेखि थानकोटमा बस्दै आएका ३५ वर्षीय विनय लामिछानेले प्रहरीका सामु आफू अनलाइन बिजनेसका कारण साहुको सावा व्याज समेत तिर्न नसकेर त्रिशुलीमा हाम फालेको बताएका छन् ।

शिक्षण पेशा छोडेर अनलाइन विजनेशमा लागेका उनी त्यसबाट घाटा भएको र ऋण थेग्न नसकेपछि त्यस्तो गलत बाटो अपनाएको शनिबारको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका ४ बाँदरे घुम्टीनजिकै विनय र उनकी पत्नी जमुनाले एक÷एक छोरा च्यापेर विहिबार त्रिशुलीमा हाम फालेका थिए । त्यसलगत्तै स्थानीय रिर्सोट र होटल सञ्चालकले विनयलाई जिवितै उद्धार गरे पनि जमुना मृत अवस्थामा भेटिएकी छन् । साथै ६ र २२ महिने दुई छोरा नदीमा बेपत्ता भएका छन् । प्रहरीले शुक्रबार बिहानदेखि ती बालकहरुलाई खोजेपनि वर्षाभइरहेको कारण खोजीमा कठिनाई भएको इलाका प्रहरी गजुरीले जनाएको छ ।

लामिछाने दम्पत्तिको सानो छोराको पास्नी शुक्रबारका लागि तय भएको थियो । घरमा सुतक परेको र उत्तम साइत शुक्रबार भएकाले जमुनाको माइतीबाट पास्नी गर्ने तयारीका साथ उनीहरु विहिबार धादिङ हिँडेका थिए । तर, आदमघाट झर्नुपर्नेमा पौने घण्टाको दूरीमा रहेको बेनिघाटस्थित बाँदरे घुम्तीमा पुगेका थिए । ‘उनीहरु यहाँ आदमघाट नझरी सिधै उता पुगेछन्’ जमुनाका दाइ जगत रेग्मीले भने, ‘भान्जाको भात खुवाइको तयारीमा उनीहरुलाई पर्खिरहेका थियौं । अचानक दुःखद खबर सुन्नुपर्यो ।’

नदी किनारमा छोरालाई भातु खुवाइमा लगाइदिनका लागि लगिएको चाँदीको बाला समेत भेटिएको थियो । उनीहरुले आत्महत्याको तयारीका साथ घर छाडेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख रविन्द्र रेग्मीले बताएका छन् । नउीहरुको थानकोटस्थित घरको सिरानीमुनी सु–साइड नोट समेत प्रहरीले फेला पारेको छ । त्यसमा व्यवसाय गर्दा थुप्रै ऋण लागेको र ऋणको सावा व्याज तिर्न नसकेकर आत्महत्याको बाटो रोजेको उनीहरुले लेखेको पनि प्रहरीले जनाएको छ ।

वि.सं.२०७६ माघ ४ शनिवार ०९:२२ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...