back
CTIZAN AD

नेपालमा पनि कोरोना भाइरसको जोखिम, के हुन् त यसका लक्षण ?

वि.सं.२०७६ माघ ४ शनिवार

969 

shares

४ माघ, काठमाण्डौं । चीमा नोबले कोरोना भाइरसको संक्रमणले ज्यान लिएपछि नेपालमा पनि सतर्कता अपनाउनु पर्ने चिकित्सकहरुले बताएका छन् ।

चीनको वहाहनबाट स्वदेश फर्किएका २१ वर्षीय नेपाली विद्यार्थीलाई सामान्य ज्वरो आयो ।

उनमा नोबेल कोरोना भाइरसको लक्षण हुन सक्ने शंका गर्दै शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पतालमा भर्ना गरिएको थियो । तर, उपचारपछि उनी डिस्चार्च भए । कोरोना भाइरसको शंका गरिएका उनलाई त्यो पृष्टि नभएको शुक्रराज ट्रपिकल रिर्सच युनिटका संयोजक डा. शेरबहादुर पुनले बताएको शनिबारको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।

जोखिम कति ?
चिनियाँ पर्यटकको आगमन र चीनमा पढ्न जाने विद्यार्थीको संख्यात्मक वृद्धिले नेपालमा पनि संक्रमणको जोखिम बढाएको चिकित्सकको भनाई छ । यस भाइरसको संक्रमण थाइल्याण्ड, जापान र फ्रान्समा समेत देखिएको छ । यसको संक्रमण बढ्न थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि सर्तकर्ता अपनाउन अपिल गरेको छ ।

के हुन् त लक्षण ?
ज्वरो आउने । खोकी लाग्ने । श्वासप्रश्वासमा कठिनाइ हुने । निमोनिया हुने । विभिन्न अंगमा असर पर्ने तथा मृत्यु हुने जोखिम समेत रहेको छ ।

जोगिन के गर्ने ?
सरसफाइमा ध्यान दिने
खोक्दा, हाछ्यु गर्दा रुमालले मुख छोप्ने
मासु। अन्डा राम्रोसँग पकाएर खाने
संक्रिमित व्यक्तिबाट टाढा रहने
निमोनिया हुन नदिने
न सक्छु

वि.सं.२०७६ माघ ४ शनिवार ०९:४२ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...