back
CTIZAN AD

यौन क्रियाकलाप नहुँदा महिनावारी सुक्छ !

वि.सं.२०७६ माघ ४ शनिवार

1K 

shares

एक अध्ययनका अनुसार स्वस्थ्य यौनक्रियामा संलग्न हुने महिलामा महिनावारी छिटो सुक्ने सम्भावना कम भएको बताइएको छ ।

सातामा १ पटक यौनक्रियामा संलग्न रहने महिलामा महिनावारी सुक्ने संभावना एक महिनामा १ पटक यौनक्रिया गर्ने महिलाको दाँजोमा २८ प्रतिशत कम रहेको अनुसन्धानले जनाएको शनिबारको कान्तिपुर दैनिकमा समाचार छ ।

तीन हजार महिलामा गरिएको यो अध्ययन जर्नल रोयल सोसाइटी ओपेन साइन्समा प्रकाशित रहेको छ । अध्ययन अनुसार यौनको भौतिक संकेतले शरीरलाई संकेत दिन सक्छ कि गर्भवती हुने संभावना छ । अध्ययन अनुसार मध्य आयु अर्थात् ३५ वर्ष वा यो भन्दा बढी उमेरमा बारम्बार यौनक्रियामा संलग्न नहुने महिलामा छिटो महिनावारी सुक्ने संभावना देखिन्छ ।

अध्ययनले के पनि देखाउँछ भने यदि कुनै महिलाले यौन सम्बन्ध बनाउँदैनन् र गर्भधारणको मौका छैन भने शरीरले अण्डा (ओभम) को निर्माण बन्द गर्छ । किनभने यसको कुनै आवस्यकता हुँदैन ।

महिलामा हरेक महिना अण्डा निस्कने समय महिलाको प्रतिरक्षा क्षमता विग्रन्छ । यसले शरीरमा रोगको सम्भावना बढ्छ ।

वि.सं.२०७६ माघ ४ शनिवार १०:०० मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...