back
CTIZAN AD

वडाअध्यक्षद्धारा आत्महत्या गरेको खुलासा, यस्तो लेखेका थिए सुसाइड नोटमा

वि.सं.२०७६ माघ ४ शनिवार

939 

shares

४ माघ, नेपालगन्ज । नेपाल-भारत सिमाना नजिकैको भारतीय शहर बहराइचको एक होटलमा मृत भेटिएका कोहलपुर-१२ का वडाअध्यक्ष कृष्ण बहादुर खड्काले आत्महत्या गरेको खुलेको छ ।

भारतको बहरराइचस्थित शंकर होटलमा बुधबार दिउँसो मृत भेटिएका वडा अध्यक्ष खड्काको शब नजिकै ‘सुसाइड’ नोट भेटिएको बाँके प्रहरीले जनाएको छ ।

घरमा सुर्खेत जान भनि हिँडेर भारतको बहराइच पुगेका खड्का होटलमा मृत भेटिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले अनुसन्धानका क्रममा सुसाइड नोट फेला पारेको थियो ।

खड्काले बैंकको २० लाख बढी ऋण लिएकाले सो चुक्ता गर्ने विषयमा निकै आर्थिक ताव रहेका कारण आत्महत्या गरेको सुसाइड नोटमा खुलेको प्रहरीले जनाएको शनिबारको गोरखापत्र दैनिकमा समाचार छ ।

खड्का आफैले लेखेको बताइएको उक्त सुसाइड नोटमा बैंकका कारण आफू आत्महत्या गर्न बाध्य भएको समेत रहेको प्रहरीले जनाएको छ । उनले तीन महिना अघिपनि आत्महत्या गर्न खोजेको सोहि पत्रमा लेखेका छन् ।

वि.सं.२०७६ माघ ४ शनिवार १०:१२ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...