प्रधानमन्त्रीकी निजि चिकित्सक तथा टिचिङ अस्पताल महाराजगन्जमा मिर्गौला रोग विभागको प्रमुख मिर्गौला रोग विशेषज्ञ डा.दिव्य सिंह शाहले आफ्ना स्वास्थ्यको ख्याल यसरी राख्ने गरेको बताउँछिन् ।
उमेरले ६ दशक पुगिसकेकी डा. सिंहलाई देख्ने कसैले पनि भन्दैन उनी ६० वर्ष पुगिसकिन् । दैनिक नौ देखि १० घण्टा काममा व्यस्त हुने सिंहलाई अहिलेसम्म मधुमेह, उच्च रक्तचाप तथा अन्य कुनै रोग छैन । उमेर भन्दा जवान देखिएपछि धेरैलाई कारणबारे जवाफ दिनु परेको उनले बताएको शनिबारको नागरिक दैनिकमा समाचार छ ।
के हो त र डा. सिंहको स्वस्थ्य रहने राज ?
डा.सिंह बिहान ४५ मिनेट योगा गर्छिन् । नमिले सामान्य व्यायाम । चियापछि दूध, अन्डा ब्राउन ब्रेड या रोटि तरकारी खान्छिन् । दिउँसो घरमा या अस्पतालको क्यान्टिन या मिटिङमा खान्छिन् । साझ सामान्य दालभात तरकारी रोटी खान्छिन् । साथै नियमित रुपमा ओखर, बदामजस्ता सुख्खा फल र मौसमी फलफूलमा आँप, सुन्तला, अम्बा र स्याउ खान्छिन् ।
उनी नियमित रुपमा पानी प्रयाप्त पिउँछिन् । साथै सधै स्वस्थ्य रहने सिंह सहकर्मीसँग मैत्रीपूर्ण व्यवहार, बिरामीको सेवामा जुट्नु र सबैप्रति सकारात्मक सोच राख्नु हो ।
अस्पतालमा औषधि किन्न नसकेका बिरामीलाई खर्च संकलन गरेर औषधि दिँदा मनमा सन्तुष्टि मिल्ने पनि उनी बताउँछिन् ।
सिंहका अनुसार यसबाहेक सकारात्मक सोच महत्वपूण रहेको बताउँछिन् । किनकि नकारात्मक सोचले शरीरका नशा तथा हर्मोनमा परिवर्तन भइ विभिन्न खालका रोग बढ्ने र शरीरको प्रतिरक्षा शक्ति कमजोर हुने हुनाले उनले सकारात्मक सोचको बानी बसाल्न पनि सुझाउछिन् ।
वि.सं.२०७६ माघ ४ शनिवार १०:३७ मा प्रकाशित






























