२४ मंसिर, काठमाण्डौं । नेपाल टेलिभिजनबाट प्रसारित हुने टेलीचलचित्र तितोसत्यका कलाकार आर पी भट्टराई उर्फ ‘लाजाराम’ को निधन भएको छ ।
शुक्रबार विहान सुतिरहेको ठाउँमा उनी मृत अवस्थामा भेटिएका हुन् । उनी विहिबार विराटनगरस्थित फूपुको घरमा गएका थिए । विहिबार साँझ खाना खाएर सुतेका र लाजाराम बिहान अवेर सम्म पनि नउठेपछि फूपु बोलाउन जाँँदा उनले लाजारामलाई मृत अवस्थामा भेटेको बताइएको छ ।
वि.सं.२०७३ मंसिर २४ शुक्रवार ०६:३७ मा प्रकाशित