back
CTIZAN AD

नेपाली साहित्यमा नश्लवाद चिन्तनको प्रादुर्भाव र विकास

वि.सं.२०७३ मंसिर २४ शुक्रवार

1.4K 

shares

sector580717024-1

नश्लवादको प्रवेश साहित्यमा धेरै अघि नै प्रवेश भैसकेको थियो । यसलाई खोटल्दै जांदा राणा कालसम्मपुग्न सकिन्छ । राणा कालको नेपाली साहित्यको अवस्था कयौं ठाउंमा धेरै पटक धेरै लेखकले धेरै लेखिसकेका छन् । त्यसैले लेखाजोखा गर्न यहा आवश्यक ठान्दिन । एउटा सन्दर्भ के लिन सकिन्छ भने नेपाली साहित्यमा नश्लवादको प्रवेश विसं १९१४ तिर नेपालका श्री ३ महाराज भनी कहलाएका जंगबहादुरले नेपालको शासन कयौं युक्ति गरी आप्mनो हातमा पारिसकेपछि अनेकौं दुष्कर्महरू गरेको कुरा उल्लेख पाइन्छ ।

नेपाली साहित्यमा देखा परेका विभिन्न वादहरू मध्ये नश्लवाद अत्याधुनिकवादको रूपमा देखापरेको छ । विगतका घटना क्रमले साहित्यमा देखा परेका झर्रोवाद, अध्यात्मवाद, भयवाद, आयामिक आन्दोलन सडक नाटक आन्दोलन आदि इत्यादिवाद र अभियानहरू भन्दा नस्लवादको अभियान एक भिन्नै प्रकारकोवादको रूपमा प्रवेश गरेको छ । यसको दृष्टी गोचर साहित्यका विभिन्न विधामा रहेपनि समालोचकहरू यसलाई एक महत्वपूर्ण वादको रूपमा नलिएको देखिन्छ । तर साहित्यलाई हरेक पक्षवाट हेर्ने विभिन्न चस्मा लगाएका विद्वानहरूको नजर यस वादमा अहिलेसम्म परेको देखिन्न । यहां यस बादबारे केहि रहस्योघाटन गर्ने नै यस छोटो लेखको उद्देश्य रहेको छ ।

नश्लवादको प्रवेश साहित्यमा धेरै अघि नै प्रवेश भैसकेको थियो । यसलाई खोटल्दै जांदा राणा कालसम्मपुग्न सकिन्छ । राणा कालको नेपाली साहित्यको अवस्था कयौं ठाउंमा धेरै पटक धेरै लेखकले धेरै लेखिसकेका छन् । त्यसैले लेखाजोखा गर्न यहा आवश्यक ठान्दिन । एउटा सन्दर्भ के लिन सकिन्छ भने नेपाली साहित्यमा नश्लवादको प्रवेश विसं १९१४ तिर नेपालका श्री ३ महाराज भनी कहलाएका जंगबहादुरले नेपालको शासन कयौं युक्ति गरी आप्mनो हातमा पारिसकेपछि अनेकौं दुष्कर्महरू गरेको कुरा उल्लेख पाइन्छ । आप्mनो शासनकालमा बेलायत जस्तो गरिमामय देशको भ्रमण गरेर महिनौं दिनसम्म बसेर देशमा राजनैतिक अष्ठ्यारापनहरू नआउञ्जेल सम्म रहिरहे । एक दिन नेपालको सम्मान र राजकीय भ्रमणको गरिमाकायमगर्न नेपालको राष्ट्रीय गान के हो भनेर सोधे बापत त्यसतामा अत्यन्त लोकप्रिय र प्रचार प्रसारमा रहेको गीत “राजमतिकुमतिको धुन सुनाएर अंग्रेजहरुलाई मोहित पारेर मृ्ग्ध भएका थिए । त्यसताका नेपालको महिमा कायम गर्न चतुर जंगबहादुरको यो युत्ति अत्यन्तै दुरदर्शी बनेको थियो । तर यो कुरा जंगेलाई निकै घट लागेको थियो र नेपाल फर्केर आएपछि चक्रमणि चालिसेलाई विशेष अनुरोध गरि श्री ३ राणा र श्री ५ को गुनगान हुने ‘श्रीमान गम्भीर भूपति” जस्तो संस्कृत शब्दहरूको प्रचुर चैन गरेर लेखाइयो । गणतन्त्र नआउञ्जेल सम्मयो कायमै गरियो । यो राष्ट्रगानमा पहिले गोर्खा शब्दको प्रचुरतालाई हटाएर ‘नेपाली’ राख्ने काम स्व. महेन्द्रको पालामा गरियो । यही नै नेपाली साहित्यमा नस्लवादको विस्तार बिन्दु मान्नु पर्छ ।

तत्पश्चात राणाकालमा स्थापित गोर्खा भाषा प्रकाशन समितिबाट प्रकाशित पुस्तकहरूको छानविन गर्न र अनुमति लिने गैरसरकारी रूपमा कायम भएको संस्था गो.भा.प्र.स.लाई उही महेन्द्रको पालामा ने.भा.प्र. समितिको रूपमा एक अर्ध सरकारी संस्थाको रूप दिइयो । पछि त्यहि संस्थालाइ साझाप्रकाशनको रूप दिएर नस्लवादको अर्को चरणको विस्तारित रूप नेपाली साहित्यमा देखाइयो । मलाई थाहा भएसम्म साझानाउंको प्रकाशन संस्थाले खस नेपाली बाहेक अन्यकुनै भाषाको पुस्तक प्रकासमा ल्याएको छ जस्तो लाग्दैन । अपवादको रूपमा अंग्रेजी भाषालाई मान्नु पर्छ ।

यस्तै जालझेलको परिपाटिबाट नस्लबादलाई फ्रस्टाउने काम राणाकालीन विगविगीमा परि अनेकौं प्रकारले गरियो । वि.सं.१९९७ सालतिरको लाइब्रेरी पर्व ताका नेपाली विहार नाउंको कविता संग्रह प्रकाशित गरे बापत नेपाल भाषा पत्रिकाका सम्पादक फत्तेबहादुर सिंहलाई जेल चलान गरेका थिए । यसैताका चित्तधर ह्दय, सिद्धिचरण श्रेष्ठलाई पनि सजायबापत जेल जानु परेको थियो । यस किसिमको दुष्कार्यमा खस भाषाका नाटक सम्राट स्वयम बालकृष्ण सम नै सकृय थिए । जो समशेरबाट ‘शेर’ हटाएर आफुजनता सामु खडा हुने एक काल्पनिक मनोकांक्षा पुरा गरेर नस्लवादको प्रचार प्रसारमा अग्रगामी भूमिका खेलेका थिए । उनको मुकुन्दइन्दिरा जस्तो ख्याति प्राप्त नाटकमा पुनाचानाउंको एक पात्र उभ्याएर तत्कालिन युगको जातीयप्रतिनिधिलाई खस नेपाली साहित्यमा नस्लवादको ज्वलन्त उदाहरण प्रस्तुत गरेको कुरा समालोचकहरूले औल्याउन सकेको देखिंदैन । यसैको अनुकरण गरेर कालिम्पोङका पारसमणि प्रधानले पनि बुद्ध–चरित नाटक लेखेर एक जातीय पात्रलाई उभ्याएर समको नश्लवादलाई बढावा दिन पछि नहटेको देखिन्छ । देवकोटाको मुना–मदनको कथानकको श्रोत धेरै वर्ष सम्म अन्यौलमा राखेरे सम्पूर्ण पाठकहरूलाई नश्लवादको पाठ घोकाए । यो कुराको सिंको भाच्ने काम उसको जीवनी र व्यक्तित्वका बारेमा उच्चस्तरीय अध्ययन अनुसन्धान गरेपनि नश्लवादको छायांकन गरेको कुरा कतै उल्लेख नै छैन ।

त्यसरी नै विस्तारै नश्लवादको प्रभाव नेपाली समाजमा ने.रा.प्र.प. नाउंको उच्चस्तरिय प्राज्ञ सभाको प्रतिस्थापन गरियो । केदारमान व्यथितको कुलपतित्वको हैसियतमा दरवारीय निर्देशनमा सञ्चालन हुने प्राज्ञ सभाले जति नै अग्रगामी भूमिका खेले पनि केवल नश्लवादलाई मात्र समेट्दै लाने गरेको देखिन्छ । गणतन्त्र नआउञ्जेलसम्म नेपालको आदिभाषा नेपाल भाषालाई संकुचित पारेर ‘नेवारी’ मा सीमित राख्ने जस्ता तुच्छ मनोभावना रहेका म.वि.वि. शाहको शासनकालदेखि नश्लवादको आडमा अनेकौं नेपालभाषाका लेखकलाईअवहेलनागरियो । तर मातृभाषा प्रेमीहरूको उत्साह र जांगर कमभएन । हालसम्मपनियही प्रेमभावको आधारमा नेपालभाषाजिवीतभाषाको रूपमाप्रतिस्थापितभएको छ । अवहेलितमनोकांक्षाको अदुरदर्शीतालाई पनि छिचोल्दै भाषा प्रेमीहरू हतोत्साहितभएको छैन ।
त्यसरी नै शहिद तथा गायक जोसुकै होस प्रचार प्रसारमा नश्लवादको परिपाटी संगालेको देखिन्छ । धर्मभक्त, गंगालाल, शुक्रराज कुन थरीका मान्छे हुन् भन्ने कुरा इतिहासमा व्यापकता दिइएको देखिँदैन । तर प्रचारको क्रममा दशरथलाई आरामका साथ ‘चन्द’ लेखेको उल्लेख जताततै पाइन्छ । देशमा विभेध हटाउने हो भने यस्ता सानातिना त्रुतिले ठूलो रूप लिन सक्छ । यसको उदाहरणको रूपमागायकहरू पनि यस्तै भएका छन् । नारायण गोपाल, प्रेमध्वज, नातिकाजी, तारादेवी, बच्चु कैलाश, राममान ऋषित आदिआदि महान व्यक्तिहरू कुन थरीका हुन भन्ने कुरा प्रकाशमा ल्याएको देखिँदैन । तर अपवादको रूपमामीरा राणा, धर्मराज थापा, कुमार बस्नेत, भक्तराज आचार्य, मृ्कृ्ल भट्टाचार्य आदि प्रचारमा आएको देखिन्छ । यस्ता प्रचारप्रसारलाई पनि यहि नश्लवादको स्वतन्त्र उदाहरणको रूप दिन सकिन्छ ।

पञ्चायतको पूर्वाद्र्ध कालिन शासन व्यवस्थाबाट प्रेरित नश्लवाद नेपालको समाजमा व्यापक भयो नै तर साहित्य पनि अति प्रभावित रूपमा प्रचार प्रसारमा आउन एक निन्दनीय परिपाटीको रूपमा लिनुपर्ने देखिन्छ । पञ्चायत कालमा अञ्चलाधिसको सिफारिस बेगर पत्रपत्रिका र पुस्तकहरू प्रकाशमा ल्याउन नहुने व्यवस्था गरेवापत सञ्चार माध्यममा पनि नश्लवादको प्रभाव नपरेको होइन । यसको ज्वलन्तउदाहरण नेपालभाषाको चलचित्रमातोकिएको रकमभन्दाज्यादा राजश्वशुल्कलिने गरेको तर खस भाषाको चलचित्रलाई थोरै भन्दाथोरै रकममात्रहोइन, मिनाहा समेत गरेको तथ्यपनि फेला परे बापत नश्ववादले अति नै जड गाडिसकेको प्रमाणित हुन्छ ।

केदारमान व्यथितको कुलपतित्वमा स्थापित ने.रा.प्र.प्र. विस्तारै नश्लवादले ग्रसित हुंदै सुर्यविक्रम ज्ञवाली, लैनसिङ बाङदेल, इश्वर बराल,हुंदै माधव घिमिरे सम्म आइपुग्दा ने.रा.प्र.प. बाट ने.प्र.प सम्ममा आइपुग्दा माधव घिमिरेलाई राष्ट्रकवि घोषित गर्न नश्लवादकोसीमाचरम पुगेको दृष्टान्त हामीले बिर्सने छैन । केवल नश्लवादलाई अंगाल्नासाथ राष्ट्रीयताको पगरी पहिराउने र अन्य सबै अराष्ट्रीय तत्व जस्तो ठान्ने कुराको प्रमाणित पुष्टी का.न.पा.ले र राजविराज नगरपालिकाले स्थानीय भाषाको रूपमा दिइएको सरकारी मान्यतालाई तत्कालिन साहित्यिक कार्यक्रम संचालक यज्ञनिधी दाहाल जस्ताले नश्लवादीको प्रोत्साहनमा दर्ता गरेको रीटमा स्वयम् नश्लवादको प्रभाव बाट ग्रसित न्यायाधिसले अन्यायपूर्वक मुद्धा पैmसला गरेपछि आक्रोशित जनता नश्लवादी समूहको विरुद्ध जेठ १८ गते हरेक वर्ष कालो दिवसको रूपमा मान्ने गरेकोले पनि नेपालको समाजमा नश्लवादले पराकाष्ठा छोइसकेको भान हुन्छ । अहिले अत्याधुनिक कालमा पनि अन्र्तराष्ट्रिय जगतमा यो नश्लवादको विष फैलिएको छ । अ.ने.सा.स नाउंको एक संस्था अमेरिकाको वासिङटन डिसीमा सन् १९९१ तिर नेपालको सम्पूर्ण भाषाभाषीलाई समेटेर जाने एक उत्तम उद्देश्य राखेर स्थापना गरिएको थियो ।

तर कालान्तरमा यो संस्था पनि नश्लवादको शिकार भएर संसारभरि भएको शाखाहरू २०० भएको भ्रमपूर्ण प्रचार प्रसार गरेर हरेक शाखामा उही नश्लवादका व्यक्तिहरूलाई चयन गर्नु र यसको छत्रछायामा हुर्केका बढेकाहरूले अगुवाइगर्न लगाउने जस्ता कार्यप्रणालीबाट स्पष्ट हुन्छ किहाम्रो समाज विविध भए पनि भाषा साहित्यको निहुं देखाएर केवल नश्लवादको मात्रपोषण गर्न नेपालको विविधतामा चिसो पसेको अनुभव हुनु अस्वाभाविक होइन र ? राजनैतिक धरातलबाट प्रस्पुरण भएको नश्लबाद समाजको हरेक पानामा एक धमिराको रुपमा प्रस्फुटन भएबाट यसको निवारण समयमै गर्न नसके ठूलो विस्फोट हुने कुरा हामी अहिले देखि नै सजगहुनु पर्ने देखिन्छ । अतः ढिलो नहोस् नश्लवादको अन्त्य गरेर नेपालको समाज यथोचित रूपमा हूबहू कायम गर्न सबैको ध्यान आकर्षित गर्न चाहन्छु । अनेसासमा एक विषालु सर्पको रूपमा प्रवेश पाएको विषय डायस्पोरिक साहित्य । देशबाट आफुखुसी निर्वासित भएर अमेरिका पसेकाहरूले सिर्जित साहित्यिक कलाकृतिलाई अ.ने.सा.स.ले डायस्पोरिक साहित्यको रूपमा प्रतिस्थापन गर्न एउटा अतिगम्भीर साहित्यिक दुस्प्रयास गदै आएको छ । यो नेपालबाहिर बस्ने नेपालीभन्ने जुननाराबाद नेपाल सरकारले मान्यता दिइएको छ । त्यसमा सार्क देशलाई बहिष्कृत गरिएको छ ।तर अमेरिका निर्वासित नगन्य व्यक्तिहरूले यसलाई मलजल दिएर नश्लवादलाई प्रस्पुटन गराउन खोजि रहेको देखिन्छ । त्यसरी नै हरेक क्षेत्रमा नश्लवाद एउटा घमिरा बनी साहित्यका शदुषित बनाउने प्रयास अत्याधुनिक कालमा निकै बढेको छ ।

अन्तमा, अति भएगति न पति हुने नेपाली उद्गारलाई अंग्रेजी मात्यय कधभभत ष्क लय कधभभत भन्ने परिपाटीलाई ह्दयंगमगरि समयमै नेपाली साहित्यमा देखा परेका नश्लवाद विषयमा सेमिनार गोष्ठी गरि सबै सजगहुनु नितान्त आवश्यक ठान्दछु । यो विषयलाई राम्ररी बहश नगरे नश्लवादको विषले ने.प्र.पलाई खाएर ख.प्र.प्र.मा परिणत हुनबाट जोगाउन अत्यन्त जरुरी छ । यस्ले अन्र्तराष्ट्रीय ख्यातिपनि गुम्न सक्छ । समयमै ध्यानदिनु पर्छ । अस्तुुु ।

वि.सं.२०७३ मंसिर २४ शुक्रवार ०५:३३ मा प्रकाशित

Himalayan Life AD
गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ, स्याङ्जा । नेपाली साहित्यिक जगतका नाट्यसम्राट बालकृष्ण समको १२४...

गजल

गजल

श्याम माकजू,भक्तपुर फुले पुष्प मनमा जवानी रहन्छ त्यहीँ भित्र घरमा...

कविता : भ्रष्टाचार

कविता : भ्रष्टाचार

कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’, नुवाकोट नेता छान्न चुनावको लहरमा, जुट्छन् सबै...

कविता : आमा बिनाको घर

कविता : आमा बिनाको घर

घनश्याम पौडेल,पोखरा आमा सन्ततिका निमित्त छत हुन् हावा हुरी छेक्दिने...

कविता : आवाजको खोजीमा

कविता : आवाजको खोजीमा

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर–६, बैतडी एक्लो शासन फूलको...

रागविराग

रागविराग

सुन्दरप्रसाद रिजाल, विराटनगर नानीभित्र बास बसेर परेलीका ओठ चलाउँछौ तिमी।...