back
CTIZAN AD

संयुक्त युवा, विद्यार्थीले थप आन्दोलन गर्ने

वि.सं.२०७३ मंसिर २४ शुक्रवार

984 

shares

२४ मङ्सिर,काठमाडौँ । विपक्षी दल निकटका संयुक्त युवा तथा विद्यार्थी संगठनले संविधान संशोधन प्रस्तावको विरोधमा थप आन्दोलन घोषणा गरेका छन् ।

व्यवस्थापिका–संसद्का संशोधन प्रस्ताव दर्ता लगत्तै आन्दोलित भएका उनीहरुले आज युवा सङ्घ नेपालको कार्यालयमा पत्रकारसम्मेलन गरी थप आन्दोलनको घोषणा गरेका हुन् । उनीहरुले प्रस्तावको विरोधमा शुक्रबारदेखि सोमबारसम्म विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

अनेरास्ववियुका अध्यक्ष नबिना लामाका अनुसार शुक्रबार नयाँ बानेश्वरमा खेलाडीको प्रदर्शन, शनिबार वैदेशिक हस्तक्षेप रोक्नका लागि परराष्ट्र मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने, आइतबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म दौड जुलुस र सोमबार संशोधनका विपक्षमा सडक बहस गर्ने आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।

उहाँले संशोधनले देश विघटन गराउने भएकाले नेपाललाई एउटै स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आन्दोलन गर्नु परेको बताउनुभयो ।

युवा सङ्घका अध्यक्ष राजीव पहारीले संशोधन विधेयकले नेपालको राष्ट्रिय अखण्डतामाथि आँच आउने भएकोले राष्ट्र बचाउनका लागि आन्दोलन गर्नु परेको बताउनुभयो । उहाँले विधेयक फिर्ता नभएसम्म आन्दोलन जारी राखिने जानकारी गराउनुभयो ।

पत्रकारसम्मेलनमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष निरज लबजुले संशोधनले मुलुकको स्थापित सामाजिक सद्भावलाई बिथोल्ने भएकाले प्रस्ताव फिर्ता लिनुपर्ने बताउनुभयो । रासस

वि.सं.२०७३ मंसिर २४ शुक्रवार ०४:३२ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...