back
CTIZAN AD

कृषक रामप्रसाद भन्छन्, “जागर भए यही माटोमा सुन फल्छ”

वि.सं.२०७६ माघ १० शुक्रवार

744 

shares

१० माघ, सुरुङगा । झापाको वुद्धशान्ति गाउँपालिका–२ जयपुरका कृषक रामप्रसाद उप्रेतीले कागती खेती शुरु गरेको पाँच वर्ष बढी भयो ।व्यावसायिक रुपमा सुपारी खेती गर्दै आएका उनले सुपारी बगानभित्रै मरिच र अलैँची खेती हुँदै अहिले कागती खेती गरिरहेका छन्। थोरै जमीनमा पनि व्यावसायिक रुपमा खेती गर्दा मनग्य आम्दानी गर्न सकिने भएपछि उनले अहिले सुपारी बगानभित्रै विभिन्न प्रकारका नगदेबाली लगाएका छन् ।

अहिले उनको बारीमा तोरी र फापर पनि लटरम्म फुलेको छ । उनले भने, “पहिला सुपारी मात्रै हुन्थ्यो, सुपारी बगानभित्र जमीन बाँझैँ बस्थ्यो । तर अहिले त्यही बगान भित्र सबै थोक लगाएको छ, गर्दा हुँदो रहेछ ।”सुपारी बगानभित्रको बाँझिएको जमीनमा अहिले लटरम्म कागती फलेका छन् ।उनले एक बिघा क्षेत्रफलमा कागती खेती गरेका छन् ।

कागतीबाट सुपारीको भन्दा राम्रो आम्दानी हुन थालेपछि उनी आफै चकित छन् । केही समय अघिसम्म सुपारी बगानमा केही हुँदैन भन्ने सोच बोक्नुभएका उहाँ अहिले अरुलाई पनि जमीन बाँझो नराख्न सल्लाह दिन्छन् ।ओम नय शिवाय कृषि फर्म दर्ता गरेर कागती र सुपारीका बिरुवा उत्पादन गर्दै बिक्री वितरण गर्न शुरु गरेपछि उनको आम्दामी सोचेभन्दा राम्रो हुँदै गएको छ । नगरेर रहेछ उनले भने, “जागर भए यही माटोमा सुन फल्छ । सुपारी बगानभित्र मैले सुपारीको भन्दा धेरै आम्दानी अरु बालीबाट गर्न थालेको छु ।”

सुपारी बगानभित्र लगाएको अन्य बालीबाट मात्रै वार्षिक पाँच लाख बढी आम्दानी लिने गरेको छु ”, उनले भने । जयपुर क्षेत्रमा सुपारी बगान भित्र धेरैले अन्य खेती गर्दै आएका छन् । तर छोटो समयमा कागतीबाट मनग्य आम्दानी लिन सकिने भएपछि त्यस क्षेत्रका कृषक कागती खेतीतर्फ आकर्षित भएका हुन् ।

मेची नगरपालिकाको काँकडभिट्टास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना एक लाखभन्दा बढी शेयर सदस्यलाई कागतीका बिरुवा वितरण गरेको छ । जिल्लाका बुद्धशान्ति, बाह्रदशी गाउँपालिका, अर्जुनधारा, मेचीनगर, भद्रपुर, कनकाइ नगरपालिकालगायत क्षेत्रमा व्यावसायिक रूपमा कागती खेती भइरहेको छ ।रासस

वि.सं.२०७६ माघ १० शुक्रवार ११:१७ मा प्रकाशित

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...