back
CTIZAN AD

मनाङेलाई २ दिन थुनामा राख्न अनुमति, मनाङेविरुद्ध उजुरी दिने गुरुङ पनि पक्राउ

वि.सं.२०७६ माघ १० शुक्रवार

813 

shares

गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दिपक मनाङेलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेको आरोपमा बिहीबार मनाङे पक्राउ परेका थिए।

उनीविरुद्ध प्रहरी कार्यालयमा बुधबार कुटपिटको उजुरी दर्ता भएको थियो। जिल्ला अदालतले थप अनुसन्धानका लागि मनाङेलाई थुनामा राख्न दुई दिनको अनुमति दिएको हो।

यता मनाङेविरुद्ध कुटपिटको उजुरी दिने मिलन गुरुङ पनि पक्राउ परेका छन्। अध्यक्ष गुरुङविरुद्ध पनि कुटपिटको उजुरी परेकाले पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए।

पोखरा क्रियटिभ अवार्ड हाउसका सञ्चालक रामकृष्ण पौडेलले एन्फा कास्कीका अध्यक्ष गुरुङविरुद्ध कुटपिटको जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो।

वि.सं.२०७६ माघ १० शुक्रवार १६:०० मा प्रकाशित

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनएमबि बैंकले ल्यायो विशेष ’इभी अटो कर्जा’, इभी चढ्ने सपना पुरा गर्ने होइन त अब ?

एनएमबि बैंकले ल्यायो विशेष ’इभी अटो कर्जा’, इभी चढ्ने सपना पुरा गर्ने होइन त अब ?

काठमाडौँ । नेपाल - एनएमबि बैंक लिमिटेडले नाइमा अटो एक्सपोलाई...

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

नयाँ दिल्ली । भारतस्थित नेपाली राजदूतावासले भारतका विभिन्न राज्य तथा...

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आन्तरिक सुदृढीकरण...

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै...

फेरि बढ्यो अण्डाको मूल्य

फेरि बढ्यो अण्डाको मूल्य

चितवन । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन्...