१० माघ, काठमाडौँ । भारत र न्युजिलयाण्ड बिच भएको पहिलो टि–२० मा भारतले ६ विकेटले जित निकालेको छ । टस हारेर ब्याटिङ्ग गरेको न्युजिलयाण्डले २० ओभरमा ५ विकेट गुमाएर २०३ रन बनाएको थियो । न्युजिल्याण्डका लागि तिन ब्याटस्म्यानले अर्धसतक बनाएका थिए ।
न्युजिल्याण्डका लागि कोलिन मुनरो, केन विलियमसन, र रस टेलरले सर्धसतक बनाएका थिए । मुनरोले ५९ रन, विलियमसनले ५१ र रस टेलरले ५४ रन बनाएका थिए ।
२०४ रनको लक्ष्य भारतले १९ ओभरमा पुरा गर्यो । भारतका लागि केएल राहुल र श्रेयर अय्यरले अर्धसतक बनाएका थिए । केएल राहुल २७ बल खेल्दैँ ५९ रन बनाएर आउट भएका थिए भने श्रेयस अय्यर २९ बल खेल्दैँ ५८ रन बनाएर नटआउट रहेको थिए ।
जितसँगै भारतले पाँच खेलको श्रृखलामा १–० ले अग्रता लिएको छ ।
वि.सं.२०७६ माघ १० शुक्रवार १६:३३ मा प्रकाशित






























