back
CTIZAN AD

यस कारण हुँदैछ अग्नीविरुद्ध घेराबन्दी, बालुवाटारको इशारामा शितल निवासको चाल !

वि.सं.२०७६ माघ १० शुक्रवार

885 

shares

१० माघ, काठमाडौं । प्रतिनिधिसभा सभामुखमा निर्विरोध निर्वाचित हुन गैरहेका नेकपा नेता  अग्नि सापकोटा विरुद्ध चौतर्फी घेरावन्दी शुरु भएको छ । शुक्रबार मात्र सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । कर्तब्य ज्यान मुद्दाको अभियोग लागेका व्यक्तिलाई सभामुख बनाउन लागिएको भन्दै उक्त प्रक्रिया तत्काल स्थगित गर्नका लागि अन्तरिम आदेशका माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । वरिष्ठ अधिवक्ता त्रिपाठीले कर्तब्य ज्यान मुद्दाका अभियुक्त रहेका सापकोटालाई गिरफ्तार गरी न्यायलयमा उपस्थित गराउने आदेश जारी गर्न पनि मागदाबी गरेका छन् ।

आजै राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पनि राजीनामा दिएका छन् । सापकोटा सभामुख बन्ने पक्का भएसँगै प्याकुरेलको राजीनामालाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्याकुरेल तिनै व्याक्ति हुन् जस्ले सापकोटाविरुद्ध आठ वर्षअघि सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । सापकोटा सभामुख बन्दै गर्दा हिजो आफैंले मुद्दा हालेका व्यक्तिको निर्देशन मान्नुपर्ने अवस्था आउनसक्ने भन्दै प्याकुरेलले राजीनामा दिएको स्रोतको दाबी छ ।

सापकोटाविरुद्ध काभ्रेको छत्रबाँसका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ । १७ वैशाख २०६२ मा ‘माओवादी कार्यकताको अपहरणमा परेका’ भनिएका लामाको २ महिना पछि काभ्रेकै बुढाखानीको चारकिल्ला भन्ने ठाउँमा शव फेला परेको थियो । यहि मुद्दा आठ वर्षदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ । यो मुद्दालाई अन्तिम पटक यही असोज २९ गते पेसीमा राखिएको थियो । तर न्यायाधीशहरूले हेर्न नभ्याइने भनेर सुनुवाइ सारेका थिए । यहि माघ २२ गते यो मुद्दाको सुनुवाई हुँदैछ ।

अग्नीविरुद्ध किन हुँदैछ घेराबन्दी ?
करीव ४ महिना नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको रस्साकसीपछि अग्नीले सभामुखमा बाजी मारेका थिए । त्यसो त उनी सभामुख बन्दै गरेको प्रधानमन्त्रीसमेत रहेका ओलीलाई मन परेको छैन । उनी सभामुखमा सुवास नेम्वाङलाई ल्याउन चाहन्थे । यता शितल निवास पनि अग्नी सभामुख हुन लागेकोमा खुसी छैन । राष्ट्रपति विद्या भण्डारीले पनि उपसभामुख डा शिवमाया तुम्वाहाङ्फेलाई नै सभामुख बनाउन दवाव दिंदै आएकी थिईन् । तर प्रचण्डको चट्टानी अडानले अग्नी सभामुखमा अगाडि आएका थिए ।

पछिल्लो समय अग्नी घेराबन्दीमा पर्नुलाई वालुवाटार र शितल निवाससँग जोडेर हेर्न सकिने जानकार बताउँछन् । सर्वोच्चमा आज दर्ता भएको मुद्दा र प्याकुरेलको राजीनामालाई यसकै कसी भएको स्रोतको दाबी छ ।

अग्निले दिए सभामुखमा उम्मेदवारी, कांग्रेसले नदिने

नेकपाको बैठक सम्पन्न, सभामुखमा अग्नि सापकोटामै सहमति

अन्ततः सभामुखमा अग्नि सापकोटा सिफारिस

वि.सं.२०७६ माघ १० शुक्रवार १७:०२ मा प्रकाशित

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

नयाँ दिल्ली । भारतस्थित नेपाली राजदूतावासले भारतका विभिन्न राज्य तथा...

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आन्तरिक सुदृढीकरण...

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै...

फेरि बढ्यो अण्डाको मूल्य

फेरि बढ्यो अण्डाको मूल्य

चितवन । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन्...

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको...

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...