१२ माघ, फिदिम । ‘फिदिम बजारकै चिरपरिचित पाथिभरा हेल्थकेयर हस्पिटल प्रालिमा विशेषज्ञ डाक्टरद्वारा हाडजोर्नी, टुटेको फुटेको , नशाहरु च्यापिएको , हातखुट्टा पोल्ने, झमझमाउने , दुख्ने , शरीररमा गाँठागुठी आएको लगायत हाडजोर्नी, नशा तथा बाथरोगसँग सम्बन्धित सबै रोगको उपचार गरिन्छ ,’ पाँचथरको स्थानीय एफएममा दैनिक बज्ने फिदिमस्थित पाथीभरा अस्पतालको विज्ञापनले भन्छ, ‘यस्ता सबै रोगको उपचार यही गरिन्छ ।
टाढाको बिरामीले फोनबाट पनि नाम टिपाउन सक्नुहुन्छ । ’ पाँचथर सदरमुकाम फिदिममा सञ्चालित समर्पित अस्पतालले पनि यस्तै प्रकृतिका विज्ञापनमार्फत सबै प्रकारका रोगको उपचार अस्पतालबाट हुने भनिरहेको छ । यहाँ करिब एक दर्जन औषधि पसल र अस्पताल छन् ।
अधिकांश स्वास्थ्य संस्था र औषधि पसलले स्वास्थ्य र चिकित्सकसँग सम्बन्धित यस्ता भ्रामक विज्ञापन स्थानीय रेडियो र पत्रपत्रिकामा प्रसारण , प्रकाशन गर्नुको साथै बजार क्षेत्रमा दैनिक रुपमा माइकिङ गरेर प्रचारसमेत हुने गरेको छ । आइतबारको अन्नपूर्ण पोस्ट दैनिकबाट
वि.सं.२०७६ माघ १२ आइतवार ०७:४९ मा प्रकाशित






























