back
CTIZAN AD

के हो पोर्चुगलमा पाउने सबैभन्दा सजिलो फिनान्सा नम्बर ?

वि.सं.२०७६ माघ १२ आइतवार

813 

shares

फिनान्सा नम्बर वा निफ नम्बर (NIF)-NUMERO IDENTIFICACAO FISCAL शायद पोर्चुगलमा पाउने सबै भन्दा सजिलो आईडी नम्बर हो ।

ईयु (EU) भन्दा बहिर को नागरिक हुनुहुन्छ भने कोही एकजना यहाँ बैधानिक रेसिडेन्सी पाएको वा यहाँको नागरिकले फिनान्सा अफिसमा सम्बन्धित ब्यक्तीसँग गई एउटा फारममा त्यो फिनन्सा नम्बर लिन लागेको ब्यक्तीलाई संपर्क गर्नुपर्ने अवस्थामा म जिम्मेवार छु भनी सही गर्नु पर्छ ।

अर्को कुरा फिनान्सा भरेको एक पैसा पनि लाग्दैन । पोर्चुगल आउनु पूर्वनै कोही चिनेको साथीभाइलाई संपर्क गर्नु भयो यो काम निशुल्क हुन्छ । तपाईंको फिनन्सा पेपरको तलपट्टी फिनान्सा भरिदिने मान्छे को नाम हुन्छ, सुरुको दिन जसले तपाइलाई फिनान्साको लागी निशुल्क सहयोग गर्नु हुन्छ उहालाइ हजुरले बिर्सेपनि हजूरको महत्वपूर्ण फिनान्साको कागजले बिर्सिदैन ।

अब रह्यो फिनान्सा डेपेन्डेन्ट र इन्डेपेन्डेन्ट
जब सिस्टम वा तपाईंको Financa पेपरमा कोही अरुको नाम हुन्छ त्यो बेला सम्म तपाईं इन्डेपेन्डेन्ट हुनु हुँदैन । नियम अनुसार फिनान्स अफिसले तपाईंलाई पहिलो फिनान्स भरेको छ महिना को समय पछी आफ्नो ठेगाना (जुन्ता ) कामको कन्ट्र्याक्ट , पास्पोर्ट र सुरुमा भरेको फिनांसा पेपर लगेपछी इन्डेपेन्डेन्ट गराइदिन्छन र त्यो नयाँ Independent फिनान्सा पेपरमा अरुको नाम हुँदैन र यो गराउनु पर्छ किनभने यो भनेको अब म काम गरी बस्ने बसोबास सबै मिलाई आफुलाई यहाँको वातावरणमा आफ्नो जिम्मेवारी आफै लिन सक्छु भनि जानकारी गराउनु हो । फेमिली भिषा लगाएर आउनु भएको श्रीमान वा श्रीमतीले पनि आफ्नो पेपर हेर्नु होस् त तपाईंको मात्र नाम छ भने तपाईं इन्डेपेन्डेन्ट भईसक्नु भएको छ ।

र अर्को कुरा यदी कोही नेपाली दाजुभाइ ईयु देश (EU COUNTRIES) को सिटिजन कार्ड पाइसक्नु भएको छ र पोर्चुगलमा ब्यवसाय वा घर लिनका निम्ती फिनान्स नम्बर लिन चाहनुहुन्छ भने तपाईंले तपाईंको ईयु देशको ठेगाना प्रुफ देखाएर फिनान्सा नम्बर पाउन सक्नु हुन्छ कोही अरु लग्न आवश्यक हुँदैन ।

पोर्चुगलमा फेमली अप्लाइका लागि के-के कागजात चाहिन्छ त ?

वि.सं.२०७६ माघ १२ आइतवार ०९:२५ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...